arrow

सङ्गीतकर्मी सुनिल बर्देवाको अन्त्येष्टि

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
sunil-bardewa.jpeg
काठमाडौँ । सङ्गीतकर्मी सुनिल बर्देवाको पशुपतिस्थित आर्यघाटमा बुधबार साँझ हिन्दू परम्पराअनुसार अन्तिम संस्कार भएको छ । ४४ वर्षीय बर्देवाको मङ्गलबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । उनको शवलाई छोरा स्वयम बर्देवाले दागबत्ती दिएको सङ्गीतकार सुरेश अधिकारीले जानकारी दिए । उनको कमलपित्तका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका दुई छोरी एक छोरा रहेका छन् ।
 
बर्देवा गायन, सङ्गीतकार तथा गिटारिस्ट सबै विधामा उत्तिकै निपूर्ण मानिन्छन् । उनले गाएको ‘गोरेटो अनि उस्तै छ गल्ली’ बोलको गीत निकै कर्णप्रिय र चर्चित छ । उनका चार गीतिसङ्ग्रह सार्वजनिक भएका छन् भने हजारभन्दा बढी गीतमा उहाँले एरेन्जरका रुपमा काम गरेका छन् । 
जसमा ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनिल बर्देवा’लगायतका गीतिसङ्ग्रह छन् । त्यस्तै ‘बिहानीमा अनि साँझमा’, ‘जब म’ लगायत गीत निकै चर्चित छन् । उनले नवीन के भट्टराई, निमा रुम्बा, राजु लामालगायत चर्चित गायकसँग काम गरेका छन् । 
काठमाडौँको धुम्बाराही निवासी उनकी श्रीमतीको केही वर्ष पहिले नै निधन भइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ