मड्रिड । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लव रियल मड्रिडले सनसनीपूर्ण जित हासिल गरेको छ । अन्तिम दुई मिनेटमा दुई गोल भएपछि ११ पटकको च्याम्पियन रियलले घरेलु मैदानमा सनसनीपूर्ण जित निकालेको हो ।
अधिकांश समय निरस प्रदर्शन गरेको रियलले पोर्चुगिच क्लव स्पोर्टिङ लिस्बनमाथि स्मरणीय प्रदर्शन गरेको हो ।
खेलको ४८ औं मिनेटमा बु्रनोको गोलबाट स्पोर्टिङले अग्रता लियो ।
तर रियलका लागि ३५० औं खेल खेलेका क्रिष्टियानो रोनाल्डोले ८९ औं मिनेटमा पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै बराबरी गरे ।
त्यसपछि इन्जुरी समयमा अतिरिक्त खेलाडी अल्भारो मोराटाले हेड गोल गर्दै रियललाई जिताए ।