arrow

सत्ताको सकस

सरकारमा सहभागिताको दोधार: प्रमुख पदमा माओवादीको दाबी 

कम्युनिष्ट दलको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
maoist-centre-standing-committee-meeting-2079.jpg
फाइल तस्विर।

काठमाडौं। निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेपछि सरकार बनाउने विषयमा प्रमुख दुई ठुला दलको कोसिस जारी रहेको छ । कांग्रेसले आफ्नो नेतृत्व र एमालेले पनि आफ्नो नेतृत्वमा सरकार बनाउने कोसिसमा छन्। तर माओवादीविना यी दुवै पार्टीले सरकार बनाउन नसक्ने भएपछि प्रमुख पदमा माओवादीले दाबी गर्न थालेको छ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र माओवादीका नेताहरु जनार्दन शर्मा शक्ति बस्नेतका बीचमा निरन्तर कुराकानी चलिरहेपछि माओवादीले कांग्रेससँग प्रधानमन्त्री र प्रमुख पदमा दाबी सुरु गरेको छ। ‘प्रचण्डलाई सुरुमा प्रधानमन्त्री तथा राष्ट्रपति र सभामुख मध्ये एक पद माओवादीले दाबी गर्नेछ’, माओवादीका एक नेताले भने। सरकारको कार्यकाल आधा र प्रमुख पदमा माओवादीको दाबी सुरु भैसकेको ती पदाधिकारीले बताए।

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले एमाले लगायतसँग ‘सरकार गठनका लागि छलफल गर्न सकिने र विकल्प खुला राखिने’ निर्णय गरेसँग प्रमुखको पदमा बार्गेनिङ सुरु गर्ने भएको हो। ‘कांग्रेस यी विषयमा सहमत भएन भने कम्युनिष्ट दलको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावना देखिएको छ’, ती पदाधिकारीले भने।

माओवादी केन्द्रका पदाधिकारीको शनिवार बसेको बैठकले ‘सरकार गठन का लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै सरकार गठनको कोर्स फेरिने’ सम्भावना देखिएको छ  । जसअनुसार एमाले र माओवादी केन्द्रकै नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन प्रक्रिया थालेमा त्यसको नेतृत्व ‘एमाले अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने सक्ने तथा पालैपालो प्रणालीमा जान सक्ने वा त्यस्तो सरकार कम्युनिष्ट नेतृत्वको हुनसक्ने’ बताइएको भए पनि त्यसले औपचारिकता पनि पूरा गरेको छैन । दुई पार्टीका चार नेताहरूको सक्रियता मात्रै रहेको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूले यस विषयमा कुनै पनि धारणा सार्वजनिक गरेका छैनन् । दुई दिन एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काएर सङ्घ र प्रदेशमा वामपन्थीहरूको नेतृत्वमा सरकार गठन एमालेले नेतृत्व लिनुपर्ने बताएपछि माओवादीलाई झन् सहज भएको छ ।

निरन्तर जनाधार खुम्चिँदै गए पनि माओवादीले हरेक वर्ष सत्ता चाबी भने आफ्नो हातमा पार्न सफल भएको छ । जसका कारण कांग्रेस र एमालेसँग पदीय भागबन्डा गरेर सधैँ सत्तामा बस्न पल्केका माओवादी नेताहरूले अहिले पनि राज्यका प्रमुख पदमा बार्गेनिङ सुरु गरिसकेका छन् ।

निर्वाचन लगत्तै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकार गठन प्रक्रिया आफ्नो सहयोग रहने बताए पनि पछिल्ला केही दिनदेखि प्रमुख पदको बार्गेनिङ गरिरहेका छन् । एमालेले पनि माओवादीलाई साथमा लिँदा सरकार बनाउन सकिन्छ भन्ने आधार देखिरहेको छ । जसले गर्दा माओवादीलाई भित्र भित्रै लोभ्याएर आफ्नो वशमा पार्ने स्पष्ट रणनीति बनाइरहेको र त्यसका लागि उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङले पहल गरिरहेका छन् । अर्को उपाध्यक्ष सुवास नेम्वाङ नेकपा एसका नेता कार्यकर्ताहरूसँग नजिक हुन थालेका छन् । उनले केही दिन अघिबाटै नेकपा एससँग पनि सहकार्य गर्न सकिने बताउँदै आएका छन् ।

तर नेकपा एसले कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने र अहिलेको गठबन्धन कायम रहनुपर्ने भन्दै सचिवालय बैठकबाटै निर्णय गराइसकेको छ । माओवादीले भने सबै विकल्प खुला राख्ने निर्णय गरेर सरकार गठनमा उल्झन खडा गरेको छ । ‘सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय भएको छ, यो भन्दा बढी अहिले नभनौँ फेरी पनि बैठक बस्दै छ हामी छलफलमा छौ’, माओवादीका उपाध्यक्ष हरिबोल गजुरेलले भने ।

माओवादीको बैठकमा कांग्रेसको मत ट्रान्सफर नभएको भन्दै आलोचना भएको थियो ।  प्रचण्ड स्वयंले त्यस्तो आलोचना गरेका हुन् । तर रेखा शर्माको जीत एमाले महासचिव शङ्कर पोखरेलको हार, माओवादी महासचिव देव गुरुङलाई आएको मत तथा चक्रपाणि खनाललाई आएको मतको विषयमा भने माओवादी मौन रहेको छ । माओवादीले जितेका अधिकांश सबै सिटमा कांग्रेस र नेकपा एसको योगदान रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ