arrow

पाँच दिनदेखि वेपत्ता विद्यार्थी पृथ्बी राई र बसन्त राई अझै भेटिएनन्

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा वसेर पढीरहेका दुई जना विद्यार्थी पाँच दिनदेखि बेपत्ता भएका छन्। कक्षा ९ मा अध्ययनरत १५ बर्षीय पृथ्बी राई  र ६ कक्षाका १४ बर्षीय बसन्त राई शनीबार राती १२ बजेदेखि बेपत्ता भएका हुन्।
 
फिदिमका विभिन्न व्यक्तिको मोवाईल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटना पछि उनीहरु वेपत्ता भएका हुन्। अनुसन्धानबाट पृथ्वीले मोवाइल चोरेको पाइएपछि चोरेको मोवाईल प्रहरी मार्फत सम्बन्धितलाई फिर्ता समेत गराइएको थियो। त्यसपछि पृथ्वीलाई रातको १० बजे प्रहरीले विद्यालयलाई जिम्मा दिएको बुझिएको छ।
 
विद्यालयमा ल्याएपछि आइन्दा त्यसो नगर्न भन्दै सम्झाउने हिसावले पृथ्वीलाई सामान्य गाली गरेर सुत्न पठाएको प्रिन्सिपल सिता सेलीङले बताइन। सुत्न गएका पृथ्वी मिल्ने साथी बसन्तलाई लिएर शनिबार राती १२ बजे होष्टल छोडेर वेपत्ता भएको उनले बताइन। दुई बालक वेपत्ता भएपछि अभिभावक र विद्यालय प्रशासनमा तनाव उत्पन्न भइको छ। अभिभावक, विद्यालय प्रशासन र प्रहरीबाट व्यापक खोजी भइरहे पनि हालसम्म बेपत्ता दुई विद्यार्थी भेटाउन नसकिएको विद्यालयले जनाएको छ।
 
च्याङथापु ३ घर भएका पृथ्वी नर्सरीदेखि नै मेची बोर्डिङ पढ्दै आएका बिद्यार्थी हुन्। पृथ्वीका बुवा जगदीश राईले मोवाइल चोरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गर्दा समेत आफूलाई विद्यालयले जानकारी नगराएको गुनासो गरे। आफ्नो एउटा मात्र छोरा बेपत्ता हुनुमा विद्यालयको लापरबाही भएको पनि उनले दुखेसो गरे। पृथ्वी सँगै बेपत्ता भएका बसन्तको घर भने फिदिम–३ लालिखर्क हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ