arrow

दैलेखमा ५ नगरपालिका र तीन गाउँपालिकाको सिफारिस

दोस्रो सिफारिसमा ११ तहको प्रस्ताव

logo
नविन कुमार शर्मा।
प्रकाशित २०७३ भदौ ३० बिहिबार
dailekh-local-level.jpeg
 दैलेख। दैलेखमा स्थानीय सरकार गठनका लागि दुई वटा खाका तयार भएको छ । स्थानीय तह पुनसंरचना आयोगले दैलेख जिल्लालाई आठ वटा स्थानीय तह गठनका लागि सिलिङ दिएको थियो। जिल्ला विकास समितिले पत्रकार सम्मेलन गरेर जिल्लामा दुई वटा स्थानीय संरचना खाका तयार भएको वताएको छ। 
 
एघार वटा ईलाकामा ईलाका स्तरिय छलफल पश्चात जिल्लामा राजनैतिक दलहरुको छलफल पछि स्थानीय तह संरचना प्राविधिक सहयोगका संयोजक एवं स्थानीय विकास अधिकारी हरि प्याकुरेलले दैलेख जिल्लाको पुन संरचनाको खाका दुई वटा तयार भएको र उक्त खाका स्थानीय पुन संरचना आयोगलाई पठाउन लागेको जानकारी दिए। आयोगले जिल्लामा आठ वटा स्थानीय तह गठन गर्न दिएको जिल्ला स्थानीय पुन संरचना प्राविधिक समितिले आठ वटाको खाका तयार गरेको र राजनैतिक दलहरुको निर्णय अनुसार जिल्लाको भौगोलिक विकटताका कारण एघार ईलाकालाई नै स्थानीय तह गठन गर्नुपर्छ भनेर अर्को खाका पनि तयार भएको छ। दुवै वटा खाका आयोगमा पेश गरिएको स्थानीय विकास अधिकारी प्याकुरेलले वताए।
 
आठवटा स्थानीय तह संरचनामा पाचँ वटा नगरपालिका र तीन वटा गाउपालिकाको सिफारिस गरिएकोछ। उक्त खाकामा गाउँपालिकाहरुको नामाकरण र केन्द कहाँ रहने छ भनेर समेत तोकेर आयोगमा पेश गरिएकोछ। २०६८ सालको जनगणना अनुसार दैलेख जिल्लाको जनसंख्या दुई लाख पचास हजार आठ सय सत्र रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ