arrow

महिलासंघमा देउवासमूहको ३३ र सिटौलाको २३ जनाको संयुक्त प्यानल बन्दै

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
deuba_sitaula.jpeg
काठमाडौं । नेपाल महिला संघको काठमाडौंमा जारी महाधिवेशनमा देउवा समूह र सिटौला समूहको संयुक्त प्यानलको अन्तिम गृहकार्य भएको बुझिएको छ । बिहीबार देउवा निवास बुढानीलकण्ठमा भएको दुई पक्षीय बैठकबाट खुल्ला, प्रदेश र समावेशी कोटामा निर्वाचित हुने विभिन्न पदका लागि दुई पक्षबीच लेनदेन मिलेपछि संयुक्त रूपमा उम्मेदवारी दिने सहमति भएको हो। सहमति अनुसार देउवा पक्षले अध्यक्ष सहित ३३ जना र सिटौला समूहले महासचिव सहित २३ जना पाउने भएको छलफलमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।
 
दुई पक्षीय छलफलमा दुबै पक्षले आ–आफ्नो तर्फबाट नामावली दिईसकेका छन् । जसमा देउवा–सिटौला पक्षको संयुक्त प्यानलबाट अध्यक्षको रूपमा उमा रेग्मी उम्मेद्वार हुनेछिन। त्यस्तै महासचिवमा धना खतिवडा र कोषाध्यक्षमा जानकी सिंहले उम्मेदवारी दिने तयारी रहेको छ।  देउवा सिटौला पक्षले पुरै प्यानलको नामलाई अन्तिम रुप दिदैछ। नामावलीलाई अन्तिम रुपमा दिन एनपी साउद चन्द्र भण्डारी गगन थापा प्रदिप पौडेल लगायतका नेताहरु छलफलमा छन् भने केहि महिला नेतृहरु पनि छलफलमा रहेका छन्।
 
उता, पौडेल पक्ष भने एकल प्यानलका साथ चुनावमा होमिँदैछ । पौडेल पक्षको समूहबाट मीना पाण्डेको नेतृत्वमा उम्मेदवारहरूको टोली तय भएको स्रोतले जनाएको छ । निर्वाचनबाट चयन हुनेको कूल संख्या ५६ जना रहेको महिलासंघमा केहि सदस्य सहित उपाध्यक्ष पनि पछि मनोनित गर्ने व्यवस्था रहेको छ। 
 
महिला संघको महाधिवेशन बुधवारबाट शुरु भइ शुक्रवार निर्वाचन हुनेछ। बिहिवार भने बन्दसत्र रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ