arrow

नागबेली झारबाट मनग्य आम्दानी

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
Lycopodium_clavatum_JuliaKruse-10.jpeg
फलेवास (पर्वत) । वनमा खेर गइरहेको नागबेली झारबाट मनग्य आम्दानी हुन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा नागबेली सङ्कलनमा व्यस्त छन् । 
 
जिल्लाका वनौँ, क्याङ, लेखफाँटलगायत गाविसका बासिन्दा नागबेली सङ्कलनमा जुटेका हुन् । स्थानीय वनमा प्रसस्त मात्रामा पाइने नागबेली झारको उपयोगिता बुझ्दै गएपछि उपभोक्ताले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री वितरण गर्न थालेका छन् । विगतमा त्यत्तिकै कुहिएर गएको नागबेली अहिले यस क्षेत्रका उपभोक्ताका लागि आम्दानीको गतिलो स्रोत बनेको छ । 
 
स्थानीयस्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाललगायत झारलाई विगतमा विवाह व्रतबन्धलगायतका कार्यमा मात्र प्रयोग हुने गरेको थियो । अहिले त्यही झारको कोसाबाट आम्दानी हुने थाहा पाएपछि आफूहरु त्यसको संरक्षणमा जुटेको कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्यामप्रकाश पुर्जा पुनले बताए । 
 
अहिले क्याङ गाविसका तीनवटा सामुदायिक वनमा छुट्टाछुट्टै रुपमा नागबेली कोसा सङ्कलन गर्न थालिएको छ । सङ्कलन गरिएको कोसालाई घाममा सुकाएर प्रशोधन गरी धुलो बनाएर बिक्री गरिँदै आएको छ । लोहोसे सामुदायिक वनबाट २०० किलो तथा छहेरे र कमेरा पाखा वनबाट करिब १५० किलो पाउडर उत्पादन हुने अनुमान गरिएको छ । 
 
विदेशमा निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने मसिनो पाउडरबाट यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम, अस्पतालमा प्रयोग गरिने पातला प्लास्टिकका सामान, ब्युटीपार्लरका सामान, पाउडरलगायत निर्माण हुने बताइएको छ । 
 
जिल्ला वन कार्यालयका निमित्त जिल्ला वन अधिकृत हरिशचन्द्र सापकोटा जिल्लाको एक हजार आठ सय मिटरदेखि तीन हजार मिटर उचाइसम्मका क्षेत्रमा नागबेली झार पाइने बताउछन् । हाल सङ्कलन भइरहेका गाविसबाट चार टनभन्दा बढी पाउडर उत्पादन हुने देखिएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ