arrow

हस्तक्षेपको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
birodh-bharat-2079-08-21 (2).jpg

काठमाडौं । भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ । अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । 

साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् । नेपालतर्फसिँगै महाकाली नदी आउने गरेर भारतीय पक्षले दार्चुलाको भारतीय सीमा धार्चुलातर्फ बनाइरहेको तटबन्धनको विरोध भएको हो ।

भारतले यसअघि नै महाकाली नदीले नेपालतर्फ कटान गर्ने किसिमले तटबन्ध निर्माण शुरु गरेको थियो । महाकाली नदी नेपालतर्फ रहेको ठाउँमा भारतले आफ्नोतर्फ बलियो पक्की तटबन्ध निर्माण गरिरहेको छ । भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्ध भन्दा सातदेखि १० मिटर नेपालतर्फ आएरबीच नदीमा ग्याविन जालीसमेत लगाएको छ ।

तर यस पटक भारतले भारततर्फ नदी रहेको ठाउँमा नदीलाई नेपालतर्फ लगाएर नयाँ तटबन्ध निमार्ण गर्न थालेपछि विवाद फेरि चर्किएको हो । भारतले नेपालतर्फ नदी लगाएर नयाँ तटबन्धन बनाउन थालेपछि आइतबार नेपालबाट नागरिकहरुले विरोध गरेका थिए । त्यसक्रममा भारतीय पक्षले ढुंगा प्रहार गर्दा चार नेपाली घाइतेसमेत भएका थिए ।

नदी नेपालतर्फ रहेको ठाउँमा आफ्नोतर्फ बलियो तटबन्धन बनाएर भारतीय पक्ष आफ्नोतर्फ नदी भएको ठाउँमा पनि नदी नेपाल तर्फ फर्काएर तटबन्धन बनाउन थालेपछि विवाद चर्किएको हो । यसो हुँदा सोझै महाकाली नदीले दार्चुला सदरमुकाम खलंगामा कटान गर्छ ।

सीडीओको सक्रियता

आइतबार विवाद भएसँगै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सीडीओ दीर्घराज उपाध्यायले तत्काललै भारततर्फ गएर त्यहाँ रहेका भारतीय अधिकारी सबडिभिजन मजिस्ट्रेट (एसडीएम) सँग कुरा गरेको बताएका छन् । दार्चुलाका सीडीओ उपाध्यायले विवाद भएका कारण तत्काललै सो काम रोक्न आग्रह गरेको र काम रोकिएको बताए ।

birodh-bharat-2079-08-21 (2).jpg
हस्तक्षेपको विरोध
birodh-bharat-2079-08-21 (3).jpg
birodh-bharat-2079-08-21 (5).jpg
birodh-bharat-2079-08-21 (7).jpg
birodh-bharat-2079-08-21 (8).jpg
birodh-bharat-2079-08-21 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ