arrow

डायबेटिज भएकालाई लक्षित गरी महाराजगंजमा खुल्यो सुगर फ्री सप

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
sugarfree.jpeg

काठमाडौ । आधुनिक जीवनशैली, व्यस्तता, मानसिक तनाव तथा शारीरिक व्याममको कमिले हुने डायबेटिज (चिनी रोग) भएकाहरुलाई लक्षित गरी आउटलेट खोलिएको छ । विभिन्न ब्रान्डका सुगरफ्रि खाद्यबस्तुहरुलाई एउटै आउटलेटबाट विक्रि वितरण सुरु गरिएको प्रोपाइडर सबिन भट्टराईले बताए । महाराजगंजस्थित अमेरिकन दुतावास नजिकै खोलिएको आउटलेटमा बिक्री बितरण सुरु गरिएको छ ।

यस आउटलेटले सुगर भएका व्यक्तिहरु तथा स्वास्थ्यप्रति सजक व्यक्तिहरुको निम्ति धेरैवटा पसल घुमेर सामानहरु खरीद गर्नुपर्ने झन्झटलाई सहज बनाएको भट्टराईको दावी छ । धेरै सामान एकै ठाँउ पाइने हुनाले समयको बचत हुने छ । अनलाइन सप सुगरफ्रिहाउस डटकम डट एनपीबाट ग्राहकलाई निःशुल्क होम डेलिभरीको व्यवस्था समेत गरिएको बताइएको छ । जसमा विभिन्न स्वास्थ्य सम्वन्धी जानकारीका भिडियोहरु समेत समावेश गर्दै लगिने योजना रहेको छ । यस स्टोरमा अर्गानिक ग्रिन टिका साथै विभिन्न जडिबुटीका चियाहरु उपलब्ध हुनुका साथै सपमा बसेर बिभिन्न खाले अर्गानिक चियाको चुस्की  लिन पनि सकिने  बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ