arrow

झोलामा औषधि बोकेर रोल्पा पुगेका केसीको सत्याग्रह तयारी– ‘विरामीको उपचार’

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
gobind-kc-rolpa-ma.jpeg
रोल्पा । वरिष्ठ हाडजोर्नी राग विशेषज्ञ गोविन्द केसीको चिन्ता दुर्गमका नागरिकको स्वास्थ्य, शिक्षा अथवा चेनतास्तरमै केन्द्रीत छ । 
तिनै दूर दराजका नागरिकले सुलभ सेवा पाउन् भन्ने ध्येय डा. केसीको छ । केसीले चिकित्सा क्षेत्रको वेथिति सुधारका लागि ज्यान दाउँमा मात्र राख्न जानेका छैनन् । उनी गरेर देखाउँछन् पनि । प्रतिकुल मौसमकै बेला केसी पहाड, पहिरो, वर्षाको प्रवाह नगरी फेरि दुर्गम हानिएका छन् ।
 
अहिले केसी राजनीतिक नेता जन्माउने जिल्ला रोल्पा पुगेका छन् । केसीले कसैलाई थाहै नदिई रोल्पा पुगेर विरामीको उपचार गर्न समेत भ्याइसकेका छन् । झोलामा औषधी बोकेर सार्वजनिक बसमा आएका डा.केसीले वुधबार विहानदेखि सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर विरामीको उपचार थाले । 
 
प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा.मिलन बज्राचार्यले भने, ‘डा.केसीले स्वास्थ्य केन्द्र पुग्नु भन्दादुई घण्टा अघिमात्र मलाई जानकारी गराउनु भएको थियो ।’ मंगलबार बिहान काठमाडौंबाट हिडेका केसी बेलुका सदरमुकाम लिबाङ पुगे । सहयोगी विना एक्लै रोल्पा छिरेका डा. केसी वुधबार बिहानै पब्लिक बसबाट सुलिचौर हिडे । 
 
यसपटक सदरमुकामबाट करिव २१ किलोमिटर पूर्वी सुलिचौरमा केसीले उपचार थालेका छन् । प्राथमिक स्वास्थ्यक केन्द्रका अनुसार डा. केसीले पहिलो दिनमै ६० बढी विरामीको उपचार गरेका छन् । बेलुका पाँच बजेसम्म ओपीडीमा केसीले विरामी जाँचेका थिए । केसीले आपैm बोकेर ल्याएको औषधी  विरामीलाई वितरण गरेको बज्राचार्यले बताए ।
 
चिकित्सा क्षेत्रको वेथिति अन्त्यका लागि छुट्टै चिकित्सा शिक्षा ऐन निर्माण गर्न भन्दै पटक–पटक आमरण अनशन बस्दै आएका केसीले माग पुरा गर्न सरकारलाई असोज २ गतेसम्मको अल्टिमेम दिएका छन् ।
 
डा.केसी सुलिचौर आएको थाहा पाएपछि बजार क्षेत्रका स्थानीय उपचारका लागि आइहाले । डा. केसीले भने, ‘रोल्पाली विपन्न विरामीको उपचारमा सघाउने मनसायले आएको हुँ । दुई दिन भएपनि सेवा दिउँ भन्ने मेसो मनसायह ।’ यस्तै, आफुसंग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न सरकारले गम्भीरता नदेखाएकाले संविधान जारी भएकै दिन असोज ३ गते गते विहिबार बेलुका नै केसी काठमाडौं फर्किने सुरमा छन् । ता कि पूर्वघोषिन नवौं अनसनबारे सोच्न पाइयोस् भन्ने केसीको धारणा छ । 
 
विपत्ति परेको वेलामात्र नभई दुर्गम गाउँमा पुगेर विरामीको उपचारमा चासो राख्ने डा. केसी दोस्रो पटक रोल्पा पुगेका हुन् । दुई वर्षअघि केसी जिल्ला अस्पताल रेउघा पुगे । त्यस बखत स्वास्थ्यकर्मीलाई हाडजोर्नी सम्बन्धि आधारभूत ज्ञानको अभिमुखिरण गरे ।
 
सोही मौकामा विरामीको उपचार गर्न पनि भ्याइहाले । शिविर बुधवार र बिहिवार बेलुकीसम्म चल्ने बताइएको छ । केसी सत्तासिन माओवादीको क्रान्तिको उद्गम् स्थल गरेर विरामीको उपचार गरिरहेका छन् । केसीको माग पुरा गर्ने स्थानमा अहिले सोही क्षेत्रले जन्माएको पार्टी र नेताहरु छन् ।
 
रोल्पामा जनयुद्ध संग्रालय बनाउने उद्घोष गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहल नेतृत्वको सरकारले केसीले भने जस्तो गरिब र असहायले उपचार गर्ने अस्पताल बनाउन पहल गर्लान् ? आफ्नो नवौं सत्याग्रहको तयारी उनले दाहालकै क्रान्तिको उद्गम स्थलमै पुगेर गरिरहेका छन् । ता कि अहिले पनि केसी सत्याग्रहमै छन् र यो सत्याग्रहको असर सिंहदरबारमा पर्ला ?  
 
यस्तै, केसीले रोल्पाबाट फर्के लगत्तै नवौं चरणको अनसन सुरु गर्ने बताएका छन् । केसीका माग पुरा गर्न भन्दै सरकारले वुधबार संसदमा चिकित्सा शिक्षा विधेयक पेश गरेपनि संसद पारित हुन सकेको छैन । अब संसद एकैपटक असोज ९ गते बस्ने छ । यस्तै, केसीले अनसन सुरु गर्ने दिन सरकारले तामझामका साथ संविधान दिवस मनाउँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ