arrow

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा सहयोग गर्न भारत ईच्छुक

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
news-rel-news.jpeg
काठमाडौं । नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा भारतले सहयोगको प्रस्ताव गर्ने देखिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण छलफलका क्रममा भारतले रेलमार्ग निर्माणको प्रस्ताव गर्ने भारतीय पत्रिका द हिन्दुले उल्लेख गरेको छ । 
 
प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमणका लागि विहिबार दिल्ली पुगेका छन् । दाहालले मंगलबार साँझ पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो समय नेपाल र भारतबीच बढेको तिक्ततालाई आफुले हटाउने बताएका थिए । १०३० किलोमिटर लामो पूर्व–पश्चिम रेलमार्ग निर्माण र यसको लागतबारे दुई मुलुकबीच कुराकानी भइरहेको छ । 
 
भारतीय रेलवे अधिकारीहरुले उक्त रेलमार्ग निर्माणबारे विगतमा पनि कुरा भएको र अब दुई देशबीच निर्माणको आर्थिक पक्षबारे छलफल गर्ने जनाएका छन् । ‘हामी यो प्रजेक्टलाई यथाशीघ्र अघि बढाउन चाहन्छौं’ भारतीय एक रेलवे अधिकारीले भने, यो ठूलो विकास परियोजना हो ।’ यसलाई द्विपक्षीय हितमा लैजानु पर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ