arrow

दिल्लीमा दाहाल, राजनीतिक भेटघाटमा व्यस्त

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
pm-nepal-in-delli.jpeg
काठमाडौं । चार दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली पुगेसंगै राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।  विमानस्थलमा भारतीय विदेशमन्त्री सुस्मा स्वराजसंग स्वागत भेटपछि राष्ट्रपति भवन हानिएका दाहाल अपरान्हपछि दिल्लीस्थित नेपाली दुतावास पुगेका छन् । 
 
नेपाली दुतावासमा दाहालले नेशनलिष्ट पार्टीका महासचिव डिपी त्रिपाठीसँग भेटवार्ता गरेका छन् । दाहालले त्रिपाठीसंग नेपाल भारत सम्बन्धका विषयमा छलफल गरेका दूतावास स्रोतले जनाएको छ । 
 
त्यसपछि दाहालले भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटघाटपछि दाहाल साँझ दूतावासमा प्रधानमन्त्रीको सम्मानमा आयोजना हुने भोजमा सरिक हुने छन् । दाहालको बस्ने व्यवस्था भने राष्ट्रपति भवनमै प्रबन्ध गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ