arrow

एमाओवादी राष्ट्रियताकै दौडमा

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
काठमाडौं । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठकम राष्ट्रियताको मुद्दा केन्द्रित भएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा धारणा राख्ने नेताहरुले पछिल्लो समय मुलुकको सार्वभौमसत्ता र अखण्डतामा संकट सिर्जनमा भएको र राष्ट्रियता संकटमा परेकाले त्यसलाई विशेष ध्यान दिनेगरी एजेण्डा तय गर्न आग्रह गरे । 
 
अधिकांश केन्द्रिय सदस्यहरुले संविधानसभाबाट जारी भएको संविधान जायज भएपनि विगतदेखि नै पार्टीले उठाउँदै आएका सबै एजेण्डा समावेश हुन नसकेको, असन्तुष्टिलाई सम्बोधन गर्नेतर्फ ध्यान दिन नसकिएको भन्दै संशोधनमार्फत विभिन्न क्षेत्रको मागलाई लिपिबद्ध गर्नुपर्ने विचार राखे । 
 
एमाओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले शनिबारको छलफलमा १८ जना केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको छलफलमा भाग लिएको बताए । छलफलमा सहभागि गोपाल किराती, जनार्दन शर्मा, ध्रुव पराजुली, हरि अधिकारी, सुरेश किराती, कालीबहादुर मल्ल, शिवकुमार मण्डल, सुरेन्द्रप्रसाद जैसवाल, लिलाबहादुर थापाले सङ्गठन सुदृढीकरणमा लाग्नुपर्ने, पार्टीभित्र देखिएको विकृत्ति तथा विसङ्गतिलाई अन्त्य गर्नुपर्ने, भारतलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्नेमा जोड दिए ।  
 
संविधानको सहज कार्यान्वयनका लागि पार्टी प्रतिबद्ध भएर लाग्नुपर्ने, संविधानबाट प्राप्त भएका उपलब्धिलाई जनताको तहमा लैजानुपर्ने, पार्टीका तल्ला तहका कार्यकर्तालाई पनि संविधानमा उल्लेखित विषयवस्तुलाई प्रष्ट पार्नुपर्ने उनीहरुको धारणा छ । कतिपय सदस्यहरुले पहिचानको मुद्दामा विशेष जोड दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ