arrow

ईन्जिनियर्स एसोसिएशनको चुनाव धाँधलीरहित हुनुपर्छ : युनाईटेड प्यानल

विद्युतीय मेसिन प्रयोग नहुने,

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
engineers-ko-news-FNL.jpeg
काठमाडौं । राजधानिमा शुत्रबारबाट हुन लागेको नेपाल ईन्जिनियर्स एसोसिएशनको चुनावलाई युनाईटेड ईन्जिनियर्स प्यानलले धाँधलीरहित गराउन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
 
विहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर युनाईटेड ईन्जिनियर्स प्यानलले चुनाव धाधलीरहित गर्न निर्वाचन आयोगलाई सुझाव दिएको हो । 
 
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार लक्ष्मी देवकोटाले नेपाल विधार्थी संघ र महिलासँघको चुनाव विद्युतीय मेसिनबाट गर्ने तर आफ्नो संघको चुनाव चाँही पुरानो प्रविधि अथवा कार्डको प्रयोग गरेर गर्नुपर्ने कारण आफूले बुझ्न नसकेको बताउदै भने ‘पारदर्शीता देखि डराउनेहरूले मेसिनबाट मात्रै होइन ईन्टरनेटको माध्ययमबाट चुनाव हुनुपर्छ भन्ने हाम्रो मागलाई के सुन्थे, अर्को तर्फ फर्जिमतको झोला बोकेर हिड्ने जस्तो लाज मर्दो ईज्जत भएका साथीहरूले कब्जा गर्ने तरिकाले चुनावमा आफ्नो विजय सुनिश्चित गराउने काममा लागेका छन् । यो कार्य कदापि स्वीकार्य छैन् यसमा निर्वाचन आयोगले ध्यान दिनुपर्छ ।’ 
 
उनले थपे ‘फर्जि कार्ड बनाएर चुनाव जित्ने सपना देखेका साथीहरूले विदेशमा रहेका साथीहरूको नाममा समेत कार्ड बनाएर गैर मतदातालाई बाडेका छन्, यो कार्य हाम्रो लागि मात्रै होईन समृद्ध समाजको मार्गमा लागिपरेका हजारौ ईन्जिनियर्सको भविष्य माथि नै वादल लाग्नु हो, चुनावको अवधिमा धादली हुने हाम्रो निश्कर्ष हो ।’
 
त्यस्तै, महासचिव पदका उम्मेदवार शंकर ढकालले भ्रम र झुटको खेतीमा बाली नफल्ने तर्क गरे । उनले भने ‘नेपालका ईन्जिनियर्स भित्र ठुलो विवाद छ, वाद र तन्त्रहरू छन् हाम्रो समयमा यसको अन्त्य हुन जरुरी छ ।’ 
 
अर्को प्रसँगमा ढकालले भने ‘ निर्वाचन मण्डलप्रति हाम्रो कुनै आाग्रह र पूर्वाग्रह छ्रैन तर सुझाव छ, हाम्रो चुनाव नागरिकता, अधिकार कार्ड र आधिकारिक व्यक्ति छानेर मात्र मतदान गर्ने वातावरण र्सिजना गरोस्, मैले कति दिनसम्म लुकाएर बस्ने ? यहाँ पैसा तिरेर मत किन्ने र चुनाव जित्ने यस्तो पनि कही हुन्छ ? धाधलीरहित, फर्जिमत रहित, आधिकारीक व्यक्तिको उपस्थीतिमा चुनाव सम्पन्न गर्नको लागि नम्र आग्रह गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ