arrow

फिफा वरियतामा नेपालको दुई स्थान सुधार, अर्जेन्टिना शिर्ष स्थानमा

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
fifa-and-anfa.jpg.jpeg
काठमाडौं। फिफा वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ । १ सय ८८ औं स्थानमा रहेको नेपाल दुई स्थान सुधार गर्दे १ सय ८६ औं स्थानमा उक्लेको छ । 
 
बिहीबार फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ८६ औं स्थानमा छ । फिफा वरियता अन्तर्गत दक्षिण एसियामा नेपाल पाचौं स्थानमा छ । नेपालले भुटान, श्रीलंका र पाकिस्तानलाई उछिनेको छ । 
 
१ सय ४८ औं स्थानमा रहेको भारत दक्षिण एसियाबाट वरियतामा पहिलो भएको छ । १ सय ९४ औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियाबाट वरियताको पुछारमा छ । यस्तै अफगानिस्तान १ सय ४९ औं स्थानमा, माल्दिभ्स १ सय ६५ औं स्थानमा र बंगलादेश १ सय ८५ औं स्थानमा छ । 
 
यसैगरि वरियतामा नेपाल भन्दा पछाडि रहेको भुटान १ सय ८९ औं स्थानमा छ भने श्रीलंका १ सय ९३ औं स्थानमा छ । 
 
अर्जेन्टिनाले आफ्नो शिर्ष स्थान कायमै राखेको छ भने जर्मनी तेस्रो स्थानमा रहेको छ। 
 
यस्तै बेल्जियम दोस्रो र कोलोम्बिया चौंथो स्थानमा छ । अघिल्लो महिना मात्र रियो ओलम्पिक पुरुष फुटबलमा स्वर्ण जितेको ब्राजिल पाँचौ स्थानमा छ । 
 
कोपा अमेरिका २०१६ को विजेता चिली छैठौं र युरो २०१६ को विजेता पोर्चुगल सातौं स्थानमा छ । यस्तै फ्रान्स, उरुग्वे र वेल्स क्रमश: आठौं, नवौं र दशौं स्थानमा छ ।



नयाँ