arrow

उदयपुर सिमेन्टको १९ औँ साधारण सभा सम्पन्न

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
udayapur-cement.jpeg
काठमाण्डौँ । उदयपुर सिमेण्ट लिमिटेडको प्रथम देखि उन्नाईसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभा सिंहदरबार स्थित उद्योग मन्त्रालयको सभाहलमा आयोजना गरिएको थियो । 
 
साधारण सभालाई सम्बोधन गर्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकारी स्वामित्वका उद्योगहरु नाफामा चल्न नसक्नुका कारणबारे सुक्ष्म ढंगले अध्ययन गरिनुपर्ने भन्दै मन्त्रालयको तर्फबाट  उद्योगलाई आबश्यक पर्ने सवै सहयोग गर्न तयार रहेको बताए । त्यस्तै उद्योग सचिव शंकर प्रसाद कोइरालाले उद्योग संचालन भएको २४ वर्ष पछि मात्र साधारणसभा आयोजना भएको प्रति आश्चर्य प्रकट गर्दै कुराले नभै कामले गरेर देखाउन निर्देशन दिएका छन् ।
 
कार्यक्रममा उद्योगमा क्रियाशिल यूनियनका तर्फवाट बोल्दै चक्र बहादुर कार्कीले उद्योगले व्यहोरीरहेको विद्युत आपूर्तिमा अनियमितता, झन्झटिलो खरिद प्रक्रिया तथा मजदुर कर्मचारीहरुको समस्याहरु बारे अवगत गराए ।  संचालक समिति सदस्य सुवाश राउतले खरिद प्रक्रिया सरलीकरणका लागि सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका थिए । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ