arrow

इलामले पनि बनायो स्थानीय तहको खाका, कुन कुन जोडिने भए( सूची सहित )

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
Ilam-hamrakura.jpg.jpeg
काठमाडौ । दलहरु बिच लगातारको छलफल पछि इलाममा स्थानीय तहको खाका तयार पारिएको हो ।  दलहरुबीचको छलफलपछि इलाममा स्थानीय तहको संख्या र सिमाको टुंगो बुधबार लागेको हो । बुधवार बसेको राजनीतिक दलहरुबीचको छलफलले स्थानीय तहको संख्याको अन्तिम टुंगो लगाएको हो । यद्धपी इलाममा आयोगले दिएको ८ वटा र राजनीतिक दलहरुले प्रस्ताव गरेको १० वटा गरी दुईवटा स्थानीय तहको खाका तयार पारिएको छ । 
 
तयार भएको स्थानीय तहको खाकालाई अब केन्द्रमा पठाउने तयारी भएको स्थानीय तह संरचना प्राविधिक समितिका संयोजक एंव स्थानीय विकास अधिकारी मदन कोइरालाले जानकारी दिएका छन् । खाकालाई बिहीबार रातिसम्म केन्द्रमा पठाइसक्ने गरी काम भएको कोइरालले बताए । आयोगले पठाएको स्थानीय संख्यामा केही दलहरु सहमत भएपछि र केहीँ दलहरु भने संख्या अपुग भएको धारणा राखेसँगै दुई किसिमको खाका तयार गर्नुपरेको संयोजक कोइरालाले हाम्रा कुरालाई जानकारी दिए । 
 
स्थानीय तह पुनसंरचना आयोगले इलाम जिल्लालाई आठवटा स्थानीय तह गठनका लागि सिलिङ दिएको थियो । आयोगले पठाएको ८ वटा स्थानीय तहको खाकामा तीन नगरपालिका सहित ५ गाउँपालिका रहेको छ । यस्तै प्रस्तावित १० वटा स्थानीय तहको दोस्रो खाकामा तीन नगरपालिका सहित ७ वटा गाउँपालिका रहेको छ । प्रस्तावित सबै नगरपालिका र गाउँपालिकाहरुको नाम र केन्द्र समेत तोकेर आयोगमा पेश गरिएको छ ।
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ