arrow

विश्वकपको अन्तिम खेलमा रुँदै बाहिरिए रोनाल्डो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
ronaldo-crying.jpg

काठमाडौं । पोर्चुगलका सुपरस्टार खेलाडी क्रिष्टियानो रोनाल्डो शनिबार रुँदै मैदानबाट बाहिरिएका छन् । फिफा विश्वकप-२०२२ को क्वार्टरफाइनल खेलमा पोर्चुगलका लागि जित निकाल्न नसकेपछि रोनाल्डो भावुक बनेका हुन् ।

बहुप्रतिक्षित फिफा विश्व ट्रफी उचाल्ने लक्ष्यका साथ पोर्चुगल यस विश्वकपमा प्रवेश गरेको थियो तर क्वार्टरफाइनलमा मोरक्कोसँग उसको सपना चकनाचुर भयो।

क्लब फुटबल र युरोपियन प्रतियोगिता जितेका रोनाल्डोको अन्तिम लक्ष्य नै विश्वकपको उपाधि उचाल्नु थियो।

 पोर्चुगलको सपना तोड्दै मोरक्को यस कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हारपछि अनुभवी रोनाल्डो रोएर मैदानबाट बाहिर निस्किए । खेल मोरक्कोले १-० ले जितेको थियो ।

मोरक्को १-० को जित निकाल्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो । फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने यो पहिलो अफ्रिकी देश हो । यो हारपछि क्रिष्टियानो रोनाल्डोको आँखाबाट आँसु आयो ।

मोरक्कोमाथिको जितसँगै रोनाल्डोको ठूलो उपाधि जित्ने सबै आशा समाप्त भएको छ । ३७ वर्ष नाघिसकेका रोनाल्डोले यो विश्वकपलाई आफ्नो अन्तिम विश्वकप र उपाधि जित्नका लागि अन्तिम अवसर भएको बताउँदै आएका थिए।

रोनाल्डोले संन्यास लिने घोषणा भने गरिसकेका छैनन् । तर पनि पोर्चुगिज सुपरस्टारका लागि कतार विश्वकप नै अन्तिम विश्वकप हुन सक्ने उच्च सम्भावना छ ।

उनी खेल सुरु भएको निकै लामो समय सम्म मैदान बाहिरै राखिएका थिए । कोचले पछि उनीसँग खेल खेल्न आग्रह गरि पठाएका थिए । 

रोनाल्डोले लगातार दोस्रो खेलमा पनि सुरुवाती प्लेइङ–११ मा मौका पाएका थिएनन् । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले क्वार्टरफाइनलको दोस्रो हाफमा मात्र उनलाई मैदानमा उतारेका थिए । 

अघिल्लो खेलमा उत्कृष्ट ह्याट्रिक गरेका युवा गोन्सालो रामोसलाई सान्टोसले क्वार्टरफाइनलमा स्थान दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा रुबेन नेभ्सको स्थानमा रोनाल्डोलाई मैदानमा उतारिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ