arrow

उदय शमशेरले उद्घाटन गरेको पर्सा तरुणको बन्द सत्र एक साताका लागि स्थगित

एक साताभित्र सर्वसम्मत नेतृत्व छानिने जिल्ला अध्यक्ष पटेलको जिकिर

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
udaye-rana-news-parsa.jpeg
वीरगञ्ज । नेपाल तरुण दल पर्साको चौथो अधिवेशनको उद्घाटन सत्र भएपनि बन्द सत्र एक साताका लागि सरेको छ । वीरगञ्जको नगरसभा गृहमा विहिबार कांग्रेस केन्द्रिय सदस्य एवम पूर्वमन्त्री अजय चौरसिया र तरुण दलका केन्द्रिय अध्यक्ष उदय शमशेर राणाले संयुक्त रुपमा अधिवेशनको उद्घाटन गरेका थिए । 
 
यद्यपि, उद्घाटन पछि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनका लागि भन्दै बन्द सत्र एक साताका लागि स्थगित भएको छ । उद्घाटन सत्रलाई समापन गर्दै अध्यक्ष विरेन्द्र पटेलले एक साता भित्र नयाँ नेतृत्व चयन हुने बताए ।  
 
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले सिमाङकनको विवादलाई समाधान गरेर जनभावना अनुरुप गाउँपालिका र नगरपालिकाको संख्या बढाउन कांग्रेस लागि परेको बताए । उनले आगामी दिनमा तरुण दल सशक्त रुपमा उत्रिनु पर्नेमा जोड दिँदै नेपाली कांग्रेस अब तरुण युवाहरुको हातमा रहेको कुरामा जोड दिए । 
 
त्यसैगरी, तरुण दलका केन्द्रिय अध्यक्ष तथा सांसद उदय शम्शेर जबराले तरुण युवाहरुलाई एकवद्ध बनाउँदै ऐतिहासिक रुपमा महाधिवेशन सम्पन्न गर्न आफुहरु लागेको बताउँदै मधेशमा उत्पन्न समस्या समाधानका लागि कांग्रेस क्रियाशिल रहेको बताए । 
 
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद अजय द्विवेदीले नेपाली कांग्रेसका नेताहरु राजनीति सिफारिसको खेलमा अल्झिएकोमा दुःख व्यक्त गर्दै पार्टीलाई सशक्त रुपमा अगाडी बढाउन युवाहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिए । उनले युवाहरुलाई प्रयोग मात्रै होइन रोजगारी पनि दिनु पर्ने भन्दै बन्द रहेको वीरगञ्ज चिनी कारखाना लगायतका उद्योगहरु संचालनमा ल्याउन कांग्रेसले पहल गर्नुपर्ने कुरामा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ