arrow

राजनीतिक दलको आर्थिक नारा पूरा नहुँदा मुलुकको विकास भएन : उपाध्यक्ष श्रेष्ठ

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
tikapur-(3).jpeg
काठमाडौं । टीकापुर उद्योग वाणिज्य संघको चुनावी साधारणसभा सुरू भएको छ । टीकापुर उद्योग वाणिज्य संघको कार्यालयमा बिहीबार भएको विशेष कार्यक्रमको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्घाटन गरे । 
 
उद्घाटनका क्रममा उपाध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरण नगरहेको भन्दै यस विषयमा सरकार गम्भीर नरहेको आरोप पनि लगाए । राजनीतिक दलहरूले पनि चुनावी घोषणापत्रमा जतिसुकै आर्थिक विषयहरू समेटिएको भएपनि व्यवहारमा भने लागू नगर्दा मुलुकले समृद्धिको शिखरमा पुग्न नसकिएको दाबी गरे । ‘सरकार पनि यस विषयमा गम्भीर बन्न सकेन’ श्रेष्ठले भने ‘यस्तै पाराले हामीले ढुक्कसँग लगानी गर्नसक्ने स्थिती छैन ।’
 
बिहिवार उद्घाटन भएपछि शुक्रबारदेखि मात्रै बन्दशत्र सुरू गरिने संघका अध्यक्ष आनन्द हमालले जानकारी दिए । महासंघका केन्द्रीय सदस्य गोपाल हमाल, कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष किशोर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ