arrow

यस्तो छ प्रधानमन्त्रीको औपचारिक भेट तालिका, दिनभर व्यस्त रहने (सूचीसहित)

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
dahal-delli-news.jpeg
काठमाडौं । चार दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले विहिबार अनौपचारिक भेटघाट गरेका छन् । दाहालको औपचारिक कार्यक्रम भने शुक्रबार बिहानैबाट सुरु हुने छन् । 
 
दाहाल शुक्रबार दिनभर औपचारिक भेटघाटमा व्यस्त रहने छन् । शुक्रबार लगभग सबै औपचारिक भेट सक्काउने तालिका छ । 
 
प्रधानमन्त्री दाहालको भेट कार्यक्रम सूची 
बिहान ९ः०० बजे राष्ट्रपति भवनमा गारत अर्पण 
बिहान ९ः३० बजे राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा श्रद्धान्जली अर्पण  
बिहान १०ः३० बजे विदेशमन्त्री सुष्मा स्वराजसंग भेट (राष्ट्रपति भवनै) 
बिहान ११ः०० बजे प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट 
दिउँसो १ः०० बजे दिपक्षीय सम्झौतामा हस्ताक्षर तथा संयुक्त वक्तव्य जारी गर्ने (हैदरावाद हाउसमा)
अपरान्ह ४ः०० बजे विद्युतमन्त्री, कोइलामन्त्री र राज्य व्यवस्थामन्त्री लगायतसंग भेट गर्ने 
साँझ ६ः०० बजे राष्ट्रपति प्रमणव मुखर्जीसंग भेट गर्ने 
साँझ ७ः१५ बजे उद्योगी व्यावारीहरुसंगको अन्र्तक्रियामा सहभागि हुने 
 
अनौपचारिक भेट को–को संग भयो ? 
अनौपचारिक रुपमा नेपाली दुतावासमा दुतावासका अधिकारीहरु र भारतमा बस्ने नेपालीहरुसंग पहिलो भेट भयो । दूतावासमै भारतीय कम्युनिष्ट पार्टी माक्सवादीका महासचिव सीताराम युचुरी र नेशनलिष्ट पार्टीका महासचिव डिपी त्रिपाठीसंग भेट गरे । 
 
यस्तै, अनौपचारिक भेटकै सिलशीलामा प्रधानमन्त्री दाहालले जनता दल (युनाइटेड)का अध्यक्ष शरद यादवसंगसमेत भेटवार्ता गरे । भेटवार्तामा आपसी हित, दुई देशको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ऋषि अधिकारीले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ