arrow

सरकारले लिइन महिला संघमा उम्मेद्वारी फिर्ता; महासचिवमा धनालाई सहयोग गर्ने

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
kiran-sardar-krishna.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समितिले बिहिवार एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १२६ गरी १३३ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। 
 
दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनमा मीना पाण्डे र उमा रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे। महासचिवमा किरणकुमारी सरकार, गोमा केसी र धन खतिवडाको उम्मेदवारी परेको छ। उम्मेद्वारी फिर्ता लिने समयमा महासचिवकी उम्मेद्वार किरण सरकारले उम्मेद्वारी फिर्ता लिइ धना खतिवडालाई समर्थन गर्ने जनाएकी छिन्। उनले उम्मेद्वारी फिर्ता लिए लगत्तै काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई भेटेकी थिइन। भेटमा उनले महासचिवमा धना खतिवडा सहित उमा रेग्मी प्यानललाई सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन। 
 
त्यस्तै कोषाध्यक्षमा जानकीदेवी सिंह र कुसुमदेवी थापा प्रतिस्पर्धा गर्दै छन्। संघको विधानअनुसार अध्यक्ष एक, महासचिव एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य २२, सात प्रदेशबाट २१, दलित तीन, जनजाति तीन, मधेसी तीन र मुस्लिम एक पदमा निर्वाचन हुँदैछ। बिहिवार चार बजेदेखि बेलुकी आठ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ८ बजेर १५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको समिति संयोजक यदुनाथ खनालले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ