arrow

महिला संघ निर्वाचनः चुनाव ९.३० देखि, विद्युतीय मेसिनले सजिलो

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
final.jpeg
काठमाडौं । नेपाल महिला संघमा मनोनित सदस्यले उम्मेदवार बन्न नपाउने सम्बन्धी विवाद समाधान भएसंगै निर्वाचन समितिले तीव्रताका साथ मतदानको तयारी थालेको छ । राष्ट्रिय सभामा बिहान ९.३० बजेदेखि नै मतदान सुरु हुने निर्वाचन समितिका संयोजक यदुनाथ खनालले जानकारी दिएका छन् । त्यसका लागि बिहानैदेखि तयारी थालिएको हो । 
 
मतदान विद्युतीय मेसिनमा हुने भएकाले पनि छिट्टै सकिने र रातिसम्मै मतपरिणाम आउने खनालको दावी छ । विद्युतीय मेसिनमा भोट राख्न कुनै समस्या हुन्छ कि भनेर बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरुलाई सिकाउने काम भइरहेको संयोजक खनालले बताए । 
 
दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिए पनि लाइनमा बसेकाले त्यसपछि पनि मतदान गर्न पाउने उनले बताए । नियमित प्रक्रियाबाट चुनाव भयो भने निर्धारित समय अगाडि नै मतदान भइसक्ने उनको दावी छ । 
 
यसपटक २११२ महाधिवेशन प्रतिनिधिले चुनावमा भाग लिंदैछन् । 
 
काँग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानल तयार हुँदा अध्यक्षमा उमा रेग्मी र महासचिवमा धना खतिवडा प्रतिस्पर्धामा छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट मीना पाण्डे नेतृत्वको टिम चुनावी मैदानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ