arrow

अन्तरपालिका भलिबल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
vollyballs.jpg

बैतडी । बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३-१ ले पराजित गरेको हो ।   

पहिलो सेट दशरथचन्दले २५-२३ अङ्कले जितेको थियो । त्यसपछि मेलौलीले २५-२१, २५-१९ र २५-१६ अङ्कले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै मेलौलीले रु एक लाख २५ हजार र ट्रफी प्राप्त गर्‍यो । उपविजेता दशरथचन्दले रु ७५ हजार र ट्रफी पायोे । तेस्रो भएको पाटन नगरपालिकाले रु ३५ हजार पुरस्कार प्राप्त गर्‍यो । 
 
विजेता, उवविजेता र तेस्रो भएको टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार वितरण गका थिए । 

तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मङ्सिर २५ गतेदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नौ स्थानीय तहसहित १० टोली सहभागी भएका ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ