नयाँदिल्ली । विश्वविख्यात क्रिकेटर सचिन तेन्दुलकरले सायद आफू पागल भएको बताएका छन् । भारतीयहरु तेन्दुलकरलाई भगवानका रुपमा मान्छन् । तर उनलाई कसैले पागल भन्ने हिम्मत गर्छ भने त्यो पनि ठूलै कुरो । उनलाई फिजियोथेरापिस्टले उनलाई पागलको संज्ञा दिएका हुन् ।
प्रसङ्ग सन् २००१ को जुलाइ ४ को हो । वेष्टइन्डिज विरुद्धको खेलका क्रममा सचिन र राहुल द्रबिड ब्याटिङ्ग गरिरहेका थिए । दुवै खेलाडीले अविजित रहँदै खेल जित्नका लागि निकै मेहनत गरिरहेका थिए ।
जितका लागि २० रनको जरुरी रहेका बेलामा दुई रन लिने क्रममा सचिनको खुट्टाको औलामा चोट लाग्यो । औंला चट्कियो । आवाज पनि आयो । अनि सचिनले द्रबिडसंग सल्लाह गरेर टिमलाई जिताएरै मैदान छाड्ने सल्लाह भयो ।
खेल सकिएपछि जब सचिन फिजियोथेरापिस्ट एन्ड्रयु लिप्सले हेरे तब गाली गरे । एक्सरे पनि गरियो । सचिन अर्को दिन खुट्टाले राम्रोसंग टेक्न नसक्ने भए । सचिनलाई एन्ड्रयुले श्रृंखलाको फाइनल खेल खेल्न नसक्ने बताए ।
तब सचिनले बताए – मलाई एक्सरेको रिजल्ट नभन्नु, म जसरी पनि फाइनल खेल्छु । एन्ड्रयुले खतरनाक हुने पनि बताए ।
सचिनले फेरि भने – मैले टिमले हारेको हेर्न सक्दिन । तब फिजियोथेरापिष्टले भने –तिमी पागल हौ । सचिनले पनि जवाफ दिए –सायद हुँ तर म फाइनल खेल्नेछु ।
यही पागलपनकै कारण उनी आज भगवान कहलिएका छन् । सचिनका नाममा सबैभन्दा बढी रनको कीर्तिमान छ ।
सो क्रममा उनले सतकको संख्यालाई सतक बनाएर कीर्तिमान रचेका छन् । सचिनका नाममा एक दिवसीय र टेष्ट क्रिकेटमा थुप्रै त्यस्ता कीर्तिमान छन् जो सजिलै मेटिन मुस्किल छ ।