arrow

प्रधानमन्त्रीलाई भारतमा राजकीय सम्मान

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
PM-Dahal+PM-Modi.jpeg

काठमाडौं । चारदिने भारतभ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतमा राजकीय सम्मानका साथ स्वागत गरिएको छ । भ्रमणको दोस्रोदिन शुक्रबार प्रधानमन्त्री दाहाललाई राष्ट्रपति भवनमा भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका हुन् । 

भ्रमणको पहिलोदिन राष्ट्रपति भवनमा बसेका दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले भेटेसँगै ‘गार्ड अफ दि अनर’ दिईएको थियो । गार्ड अफ दि अनर भनेको विशिष्ठहरूको भ्रमणमा दिईने सम्मान हो । 
 
प्रधानमन्त्री दाहाल शुक्रबार महात्मा गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति श्रद्धाञ्जली दिने कार्यतालिका रहेको छ भने उनले आजै भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ