arrow

प्रधानमन्त्री दाहाल हैदराबाद हाउसमा, मोदीसँग भेटवार्ता सुरु

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
PM-Dahal_PM-Modi.jpeg

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री दाहाल समकक्षी मोदीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री कार्यालय हैदराबाद हाउस पुगेका छन् । 

हैदराबाद हाउसको डेकन स्विटमा दुई देशको प्रतिनिधि मण्डलको बैठक हुनेछ । भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच वान टु वान मिटिङ पनि हुनेछ । 
 
आज दुई देशका सरकार प्रमुखबीच आपसी सम्बन्ध सुधार तथा नेपालको विकास निर्माण कार्यमा विगतमा दुई देशबीच भएका सम्झौताको कार्यान्वयनबारे छलफल र सम्झौता हुनेछ । 
 
प्रधानमन्त्री दाहालले आजै भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी तथा सरकारका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 
 
प्रधानमन्त्री दाहाल भारतीय समकक्षी मोदीको निमन्त्रणामा चारदिने राजकीय भारत भ्रमणका लागि बिहीवार दिल्ली पुगेका थिए । प्रधानमन्त्री दाहाललाई भारतले राजकीय सम्मान दिएको छ ।
 
भ्रमणको पहिलो दिन राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री दाहाललाई शुक्रबार विहान गार्ड अफ अनर प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ