arrow

भारत नेपालको विकास र आर्थिक उन्नति हेर्न चाहन्छ : माेदी

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
dahal-modi.jpeg
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले सधै नेपालको विकास र आर्थिक उन्नती हेर्न चाहेको बताएका छन् । हैदराबाद हाउसमा शुक्रबार प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा मोदीले सो कुरा बताएका हुन् । 
 
मोदीले नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने भारतले चाहेको भन्दै उनले नेपालको विकासमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए । सम्मेलनका क्रममा प्रधानमन्त्री माेदीले नेपाल र भारतबीचकाे शाताब्दीअाै‌ लामाे सम्बनधलार्इ थप बलियाे बनाउने याे छलफलले सहयाेग पुर्‍याउने विश्वास पनि व्यक्त गरे । 
 
शुक्रवार भएको भेटवार्ता पछि दाहाल र मोदी दुवैले संयुक्त पत्रकार सम्मेलनमार्फत सम्बोधन गरेका छन् ।  पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्ताे बताएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ