arrow

मच्छेबुङ केन्द्र राखिएको विरोधमा याङनाम वासीद्धारा जिविस घेराऊ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। स्थानिय तह पुर्नसंरचना गर्दा पाँचथरको फालेलुङ गाउँपालिकाको केन्द्र मेमेङको मच्छेबुङ राखेको भन्दै याङनामवासीले आज पर्दशन गर्दे जिल्ला विकाश समिती घेराऊ गरेका छन्। चर्को नारावाजी गर्दे फिदिम वजार परिक्रमा गरेका उनीहरुले जिविस गई घेराऊ गर्दे कोणसभा गरेका थिए।  
 
उनीहरुले राज्य पुर्नसंरचना जिल्ला प्राविधिक समितीले एकलौटी जिल्लाका केहि राजनितीक दलहरुको सिफारिसमा मच्छेबुङ राखिएको प्रति उनीहरुले आपत्ति जनाएकाहुन्। ऐतिहासिक, भौगोलिक र पर्यटकिय स्थल तथा सवैलाई पायक पर्ने स्थान याङनाममा रहेकोले याङनामै केन्द्र बनाइनुपर्ने उनीहको माग छ।
 
फालेलुङको केन्द्र भौतिक, फालेलुङ दवाव तथा संवाद समूह संयोजक ओमराज थाम्सुहाङले यो निर्णय नसच्याइए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए। उनले याङनामलाई केन्द्र नबनाए गाविसमा राजनीतीक निषेधित क्षेत्र घोषणा गर्ने उनको भनाई छ।
 
गत भदौ १७ गते मेमेङ, प्राङबुङ, सिदिन, मेमेङ, याङनाम गाविसलाई समेटेर फालेलुङ गाउँपालिका बनाउने प्राविधिक समितीले राज्य पुर्नसरचना आयोगमा सिफारिस गरेको थियो। यस्तै समितीले ५ वटा गाउँपालिका र २ वटा नगरपालिका बनाउने प्रस्ताव गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ