arrow

इन्जिनियरहरू मतपत्र प्रयोग गर्दै, महिलासंघ भने भोटिङ मेसिनमा

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
Election-NEA&weman.jpeg
काठमाडौं। नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल महिला संघको नयाँ नेतृत्वको लागि शुक्रबार नै निर्वाचन भइरहेको छ। नेपाल इन्जिनियर्स एशोसिएसनको लागि काठमाडौं केन्द्रसहित देशभर १० वटा निर्वाचन केन्द्र मार्फत मतदान भइरहेको छ भने नेपाल महिला संघको निर्वाचन भने काठमाडौंको सभागृहमा नै सबै जिल्लाका प्रतिनिधिहरू उपस्थित भएर भोट हाल्दैछन्।
 
काठमाडौंको राष्ट्रिय सभागृहमा महिलाहरूले इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरी भोट हालिरहँदा त्यसैको १ किलोमिटर पनि टाढा नरहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा भने इन्जिनियरहरूले मतपत्रमा मत खसालिरहेका छन् । केहि समयदेखि निर्वाचनमा प्रयोग हुँदै आएको इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगगर्नै विषयमा विवाद भएपछि इन्जिनियरहरूले मतपत्रमा मत खसालिरहेका छन् भने महिलाहरूले भने भोटिङ मेसिनलाई प्रयोग गरेर भोट हालिरहेका छन्। 
 
इन्जिनियरहरुले नयाँ नेतृत्वका लागि बिहान ८ बजेदेखि काठमाडौँसहित देशभरिका जनकपुर, विराटनगर, हेटौँडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकै दिन निर्वाचन हुँदैछ। काठमाडौमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान ८ बजेदेखि निर्वाचन भईरहेको निर्वाचन समितिका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिए। सााझ ६ वजेसम्म मतदान हुने कार्यक्रम रहेको छ। इन्जिनियरहरुको देशभर करिव १२ हजार मतदाताहरुले मत खसाल्ने अनुमान गरिएको छ।
 
उता, महिलासंघमा पनि हुँमतदान भइरहेको छ। अपरान्ह ४ वजेसम्म ६ सय मत खसिसकेको छ। यहि गतीमा मतदान हुँदा राती १२ देखि १ बजेसम्म मतदान हुने अनुमान गरिएको छ। महिला संघमा करिव २ हजारले मतदाता परिचयपत्र लिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ