arrow

मोर्चाको चारै घटकका नेता दिल्ली, आन्दोलनको हैसियतबारे लेखा–जोखा

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
Madhesi-morcha.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु दिल्ली पुगेका छन् । मोर्चाका केही नेताहरु शनिबारै दिल्ली प्रस्थान गरेका थिए भने महन्थ ठाकुर र उपेन्द्र यादव समेत आइतबार बिहान दिल्ली गएका छन् ।
 
सर्लाही, मलंगवाबाट शुक्रबार बिहारको राजधानी पटना पुगेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव शनिबार राति इन्डियन एयरलाइन्सको विमानमा दिल्ली पुगे । यस्तै, शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सरिक भएका महन्थ ठाकुर र उपेन्द्र यादव आइतबार बिहानै इन्डियन एयरलाइन्सकै उडानबाट दिल्ली गएका हुन् ।  
 
माग पुरा नभएसम्म काठमाडौ नफर्किने अडान लिएका राजेन्द्र महतो र महेन्द्र राय यादव शनिबार सितामढी पुगेका थिए । बिहीबार सर्लाहीको नवलपुरमा मोर्चाको आमसभामा प्रहरीले चलाएको गोलीले घाइते भएकालाई भेट्न भन्दै दुवै अध्यक्ष शनिबार बिहान सितामढी पुगेका हुन् । घाइतेको नन्दीपट मेमोरियल अस्पताल, सितामढीमा उपचार भइरहेको छ ।
 
महतो र यादवले बिहार पुगेलगत्तै बिहारको सरकारमा सहभागी राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पूर्वमन्त्री रघुवंशप्रसाद सिंहसँग भेट गरे । भारतीय पूर्वमन्त्री सिंहले मधेसीका माग पूरा नभए आफू हजारौं भारतीय जनताको साथमा काठमाडौंमा सत्याग्रह गर्ने प्रतिक्रिया दिएको बताइएको छ । 
 
मोर्चाका नेताले आफुहरुको आन्दोलनको हैसियत र भारतीय सहयोगबारे परामर्श गरेका छन् । उनीहरुले त्यहाँ अन्य उच्चस्तरका नेताहरुसंग समेत भेट गरेका श्रोतले जनाएको छ । भारत भ्रमणका क्रममा उनीहरुले उच्चस्तरीय नेता तथा सरकारका मन्त्रीहरुसंग भेट गर्ने तय भए पनि प्रधानमन्त्री नरेन्द्र मोदीसंगको भेट तय भईनसकेको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ