arrow

निर्वाचन आयोगको आन्तरिक तयारी सम्बन्धी नेताहरुलाई जानकारी

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि गरिरहेको आन्तरिक तयारीका बारेमा व्यवस्थापिका–संसद्का प्रतिनिधित्व गरेका विभिन्न २५ राजनीतिक दलका शीर्ष नेतृत्वलाई जानकारी गराएको छ । 
 
आयोगमा शुक्रबार आयोजित छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न निर्वाचनका लागि आयोगले गरेको तयारीबारे जानकारी गराएका छन् । 
 
आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार प्रमुख निर्वाचन आयुक्त डा यादवले नेपालको संविधानमा राजनीतिक दल सम्बन्धमा भएको प्रावधान र प्रावधानअनुसार राजनीतिक दलले गर्नुपर्ने कार्यबारे प्रकाश पारेका थिए । 
 
सो अवसरमा आयोगका सहसचिव सुशील कोइरालाले संविधानमा राजनीतिक दल सम्बन्धमा रहेका प्रावधानका बारेमा विस्तृतरुपमा राजनीतिक दलका शीर्ष नेतृत्वलाई जानकारी गराए। 
 
कार्यक्रममा नेपाली काँग्रेसका शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्बाङ, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबरा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको सहभागिता रहेको थियो । 
 
साथै, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनअधिकार फोरम (गणतान्त्रिका अध्यक्ष राजकिशोर यादव, नेकपा (माले)का अध्यक्ष चन्द्रप्रकाश मैनाली, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, अखण्डपार्टीका अध्यक्ष कुमार खड्का नेपाली जनता दलका अध्यक्ष हरिचरण साहलगायत २५ दलका अध्यक्षको सहभागिता रहेको आयोगले जनाएको छ । 
 
सो अवसरमा निर्वाचन आयुक्त इला शर्मा, आयोगका सचिव गोपीनाथ मैनालीलगायत आयोगका उच्च पदस्थ कर्मचारीको पनि उपस्थिति रहेको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ