काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गाे विभागमा दिउँसो केहीबेर नेटवर्किङ विग्रिँदा कार्गाे विभागको काम प्रभावित भएको छ । दिउँसो साढे दुईवजेतिर नेटवर्किङ विग्रिदा दिउँसो केही समस्या सिर्जना भएको भएपनि तत्कालै इन्जिनियरहरू ल्याएर बनाउने काम धमाधम भईरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख योगेन्द्र गौचनले पुरानो नेटवर्कका कारण यस अघिपनि यस्तो समस्या सिर्जना भएकोले आफूहरूले नयाँ नेटवर्कको लागि प्रक्रिया सुरू गरेर पनि प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी दिए ।
गौचनका अनुसार केहीबेर सिस्टमले काम नगरेको भएपनि यात्रुशाखा नभएकोले त्यहाँ खासै समस्या सिर्जना नभएको पनि प्रमुख गौचनले हाम्राकुरालाई जानकारी दिए ।