arrow

स्थानीय निकायको निर्वाचन हुनेमा पत्यार छैन : उपाध्यक्ष रावल

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
Bhim-rawal.gif.gif
कञ्चनपुर । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले समयमै स्थानीय निकायको चुनाव हुनेमा पत्यार नलागेको बताएका छन् । 
 
झलारीमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको नगरस्तरीय सङ्गठनको प्रथम अधिवेशनको शुक्रबार उद्घाटन गर्दै रावलले चैतमै सरकारको म्याद सकिने भएकाले चुनाव हुनेमा आशङ्का रहेको बताए । उनले भने , “चैतमै म्याद सकिने म्यादे सरकारले चुनाव गराउन सक्दैन ।” संविधानमा जनताको अधिकारको प्रत्याभूत गरिएकाले यसलाई कार्यान्वयन गराउनका लागि सबैले लाग्नुपर्ने उनले बताए । 
 
नागरिक समृद्ध नहुँदासम्म देश विकास सम्भव नहुने भएकाले स्वदेशी वस्तुको प्रयोगमा जोड दिनुपर्ने रावलले उल्लेख गरे । वर्षौंदेखि मिलेर बसेका पहाडी र थारु समुदायबीच विखण्डन ल्याएर सुरक्षाकर्मीमाथि साङ्घातिक हमला गरी कैलालीको टीकापुर घटना गराउनेमाथि कारबाही गरिनुपर्ने धारणा उनले व्यक्त गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ