arrow

पस्यो अख्तियार : १२ पूर्वमन्त्री, तीन सचिवसहित २९ व्यक्तिको कर्तुत खोल्दै (सूचिसहित)

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अकुत सम्पत्ति आर्जन गरेको आरोपमा’ १२ पूर्वमन्त्री र नेपाल सरकाका तीन बहालवाला सचिवसहित २९ जना भीआईपीविरुद्ध छानबिन थालेको छ । छानविन सुरु भएलगत्तै अख्तियारले सबै बैंङ्कहरुलाई आरोपी २९ जनाकाे बैंङ्क लकर आइतबारसम्म बन्द गर्न भनेको छ । 
 
अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सबै बैंङ्कका प्रमुख कार्यकारी अधिकृतहरूलाई ब्रिफ गर्दै बैंङ्क लकर बन्द गर्न निर्देशन दिएका हुन् । प्रमुख आयुक्त कार्कीले बैंङ्क लकर बन्द गर्न आग्रह गर्नुअघि राष्ट्र बैंङ्कका गभर्नर चिरञ्जीवी नेपालसँग समेत छलफल गरेको श्रोतले जनाएको छ । 
 
अख्तियारले अकुत सम्पत्ति आर्जनका अतिरिक्त विभिन्न आयोजना, नीतिगत निर्णय, निर्वाचन क्षेत्र विकास कार्यक्रममा अनियमितता गरेको शंकामा अन्य व्यक्तिमाथिसमेत छानबिन सुरु गरेको छ । लकर बन्द गर्न आदेश दिइएका व्यक्तिमात्र २९ जना रहेको, छानबिनको दायरा अरू पनि परेको जानकारी अख्तियार स्रोतले दिएको छ । अख्तियारले उनीहरुमाथि के विषयमा अनुसन्धान भइरहेको हो र त्यसमा बोलाउनु पर्ने कारणबारे केही खुलाएको छैन ।
 
आरोपी सबैलाई आयोगको निर्णय र विधिअनुसार बयान दिन बोलाउने बताइएको छ । संविधानमा अख्तियारले सार्वजनिक पद धारण गरेका वा गरिसकेका व्यक्तिलाई पदिय दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेका शंकामा अनुसन्धान, तहकिकात गरी कैफियत भेटिए भ्रष्टाचार मुद्दा दर्ता गर्न पाउने व्यवस्था भएपनि सार्वजनिक पद (लाभको पदमा)मा नरेका व्यक्तिमाथि अख्तियारले छानबिन  गर्न पाउने व्यवस्था भने छैन । संसद सचिवालयका अनुसार पूर्व तथा वर्तमान सांसदहरु भने निर्वाचन क्षेत्र कार्यक्रमको रुकम दुरुपयोग गरेकामा अख्तियारको छानविनमा पर्न सक्छन् । यस्तै, अख्तियार प्रमुख कार्कीको पछिल्लो सक्रियता र बाह्य दबाबलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 
को–को परे घेरामा !
सुरेन्द्र पाण्डे, पूर्वमन्त्री
राजेन्द्र पाण्डे, पूर्वमन्त्री
विद्याधर मल्लिक, पूर्वमन्त्री
रामकुमार श्रेष्ठ, पूर्वमन्त्री
छविराज पन्त, पूर्वमन्त्री
शंकर कोइराला, पूर्वमन्त्री
उमाकान्त झा, पूर्वमन्त्री
टेकबहादुर थापा घर्ती, पूर्वमन्त्री
निलम केसी खडका, पूर्वमन्त्री
कृष्णबहादुर महरा, पूर्वमन्त्री
ल्हारक्याल लामा, पूर्वमन्त्री
वंशीधर मिश्र, पूर्वमन्त्री
विजय पौडेल, एमालेका पूर्व सांसद
जनार्दन ढकाल, सांसद
रवीन्द्रप्रताप शाह, पूर्व आईजीपी
राजेन्द्रसिंह भण्डारी, एआईजी
विजयलाल कायस्थ, डीआईजी
भोजराज घिमिरे, पूर्वमुख्यसचिव एवं पूर्वराजदूत
उत्तमकुमार भट्टराई, सचिव कृषि मन्त्रालय
शान्तबहादुर श्रेष्ठ, सचिव स्वास्थ्य मन्त्रालय
अनुपकुमार उपाध्याय, सचिव सिंचाइ मन्त्रालय
गोपालबहादुर खडका, कार्यकारी निर्देशक, आयल निगम
इच्छाराज तामाङ, सांसद एवं व्यवसायी
उमेश श्रेष्ठ, सांसद एवं निजी स्कूलका मालिक
राजकुमार अग्रवाल, व्यवसायी
विक्रम पाण्डे, सांसद एवं निर्माण व्यवसायी
गिता राणा, सांसद एवं निजी स्कूलका मालिक
बाबुराम पोखरेल, सांसद एवं निजी स्कूलका मालिक
कनकमणि दिक्षित, साझा यातायातका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ