arrow

४ सन्तानकी बलात्कृत महिलालाई नै गाँउलेले निकाले

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
lawatis.jpeg
बाजुरा।  ब्रह्मतोला–६ की विस्ना देवी ल्वार २८ वर्षकी भइन् । उनीसंग ३ छोरा र १ छोरी साथमा रहेका छन् । उनका श्रीमान प्रभते ल्वारले छोडेको पाँच वर्ष भएको छ । घरधन्दा जेनतेन चलाइ रहेकी विस्ना अहिले गाँउ निकाला भएको एक महिना वित्यो । विस्नालाई गाँउलेले  बाल बच्चा सहित गाउबाट निकाले । उनका पढदै गरेका छोराछोरी गाउ छाड्न बाध्य भएका छन् । उनका जेठा छोरा कक्षा ३ मा माहिला छोरा कक्षा २ मा र साहिलो छोरा कक्षा १ मा पशुपति माविमा पढ्दै आएका थिए । 
 
ब्रह्मतोला गाउँ विकास समितिमा कार्यरत कार्यालय सहयोगी कर्मचारी गोकुले देउवाले ल्वार घरमा एक्लै सुतिरहेका अवस्थामा राती  यौन दुर्व्यवहार गरेको बताइएको छ । गत माघ महिनामा देउवा ल्वारको घरमा गइ जवरजस्ती यौन कार्य गरेको ल्वारको आरोप छ । देउवाले घरमा श्रीमान नभएकी ल्वारलाई दुई वर्ष देखि बारम्बार यौन प्रस्ताव राख्दै आएका थिए । ल्वार भन्छिन्,'  देउवाले एकाएक घरमा पसी मलाइ जवरजस्ती यौन सम्बन्ध राख्यो ।' 
 
उनले थपिन्,' यौन व्यवहार गर्नका लागि हरेक समयमा विभिन्न बाहाना गर्दै घरमा आउने गरेको थियो तर मैले आफ्नो इज्जत बचाउनका लागि विभिन्न प्रयत्न गर्दै आएकी थिए । अन्तः मेरो केही सिप नलागेपछि देउवाले यौन सम्बन्ध राखेर गर्भ रहेको छ । देउवाको गर्भ बोकेकै कारणले गाउँलेहरु मिलेर मलाइ भारतमा गएर कहिल्यै नफर्किन भनी गोकुले देउवाले ९० हजार रुपैया समेत जवरजस्ती दिएर पठाएको छ । गर्भ रहेको ८ महिना पछि मलाइ र मेरा बालबच्चालाइ गाउ निकाला गर्नका लागि गाउमा रहेका समाजसेवीको हात रहेको छ । ' पिडित ल्वारले दुखेसो गरिन् । 
 
 
आफन्त ससुरा करे ल्वार र देवर विक्रम ल्वार ब्रह्मतोला स्वास्थ्य चौकीका पियन चरणसिंह भण्डारी,गाविस सलेपा बसन्त थापा, दलित नेटवर्कका गाउ अध्यक्ष कल्लाने दमाइ,नेकपा एमाले गाउँ कमिटी अध्यक्ष पदम भण्डारी, हातेमालो कृषि सहकारीका कर्मचारी काँसीराम पाध्याय,पिडकका बुबा धने देउवा,पशुपति उमाविका शिक्षक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तुला बहादुर थापा,स्थानिय गोपाल देउवाले गोप्य रुपमा सल्लाह गरी गाउ निकाला गरेको पिडित बालक चेतराज वि.क. ले बताए  ।
 
पिडित बालबालिकाको पक्षमा गाविसमा रहेका बाल अधिकार,महलिा अधिकार र दलिलत अधिकार मौन रहेका छन् ।आमालाई गाँउ निकाला गरेपछि  पिडित बालबालिले  विद्यालयमा किताव बुझाएका छन् । 
 
'मलाई अरुको गर्भ बोकेको भन्दै गाविस सलेपा आफ्ना भान्जाको इज्जत बचाउनका लागि ब्रह्मतोलामा कहिल्यै नफर्किन भनेका छन् ल्वारले भनिन् । 'यो गाउँमा न्याय पाइएन त्यसैले गाँउ छोड्न लगाएककी हुँ । ब्रह्मतोला स्वास्थ्य चौकीका पियन चरणसिं भण्डारीले गाउ निकाला र ९० हजारको कागज लेखेर मलाई राती १ बजे रकम जवरजस्ती दिए। मैले गाँउ छोडदिन भन्दा गाँउ नछोडे जे पनि गर्न सक्ने धम्की दिएपछि म गाँउ   छोड्न बाध्य भएकी हुँ '  ल्वारको सुनाइनन् । 
न्यायको लागि प्रहरीमा खवर गर्न पनि दिएनन् । धम्कीको डरले गर्दा प्रहरीमा उजुरी दिनसकिन  । पिडित ल्वार  गाँउ निकालिएको एक महिना पछि घर फर्किएकी छन् । उनि फर्किए पछि घरमा देउवा आएर केहि गर्ने हो कि भन्ने डर रहेको बताइन् । गाउ निकालीएका हामी घर फर्किए ज्यान मार्न धम्की समेत दिएको छ' पिडित महिला ल्वारले भनिन् । आफु कमजोरी भएकाले कही कतै नभनेर गाउ निकालिएकी हुँ । मेरो साथमा कोही नभएकाले बालबच्चा लिएर गाउँ छाड्नु परेको हो । 
 
आफ्नो घरमा बसेका भए पनि धने देउवाले मेरो जग्गामा बसोबास गरिरहेकाले यो गर्भपतन गराउन पैसा दिएको पिडक गोकुले देउवाले भने । मदिरा सेवन गरी यौन कार्य गरेकाले गर्भ रहेको उनले स्वीकार गरेका छन् । रातीको समयमा गएर विस्ना ल्वारसंग यौन सम्बन्ध राखेको साचो रहेको एक गोप्य स्रोतले जनाएको छ ।
 
गाविसमा रहेका महिला अधिकार,बाल अधिकार र दलित अधिकार मञ्च र महिला र बालबालबालिका क्षेत्रमा काम गर्ने संघसंस्थाहरु मौन रहेका छन् । दलित महिला माथि अन्याय हुदा पनि सहयोग गर्नुको साटो तिरस्कार गरिरहेको छन् । पिडक देउवाले नै सामुहिक छलफलमा ल्वारलाई लिने जनाएको विर्ख रावतले बताएका छन् । देउवाले यौन सम्वन्ध राखेको स्वीकार गरिसकेका छन् । 
 
जिल्लामा रहेका बालबालिका  र महिलाहरु पिडा भोग्दै आएका छन् । महिला र बालबालिकाहरुले पिडा सहनुपर्ने बाध्यता भने अझै रहेको महिला अधिकारकर्मी सिता वि.क.ले बताएकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ