arrow

उपराष्ट्रपति पुन भेनेजुयलाको मार्गरितामा

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
vice-presidential-candidate-nanda-bahadur-pun.jpeg
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन असंलग्न मुलुकहरुको सङ्गठन(नाम)को १७ औँ शिखर सम्मेलनमा भाग लिन आज भेनेजुयलाको मार्गरिता टापु  पुगेका छन‍् । 
 
संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले आज जारी गरेको विज्ञप्ति अनुसार उपराष्ट्रपतिलाई भेनेजुयलाका संस्कृतिमन्त्री फ्रेडी नानेजले स्वागत गरेका थिए ।
 
 नेपाल समेत संस्थापक रहेको नामको शिखर सम्मेलन असोज १ र २ गते हुँदैछ । विश्वका विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुख तथा नेपालका उपराष्ट्रपतिले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ