arrow

राष्ट्रपति मुखर्जीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
pranab-prachanda_650x400_41437228863.jpeg
नयाँ दिल्ली । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 
 
भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसीहित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । सो अवसरमा निकट भविष्यमा हुने भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । भेटमा दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो । 
 
यसअघि प्रधानमन्त्री दाहालले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ