arrow

इन्जिनियर्स एशोसिएसनको मत परिणाम शनिबार साँझमात्रै, १० बजेदेखि गणना सुरू

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
acecc-nepal-logo.jpeg
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको जारी महाधिवेशनबाट नयाँ नेतृत्वको लागि निर्वाचनको मतपरिणाम आउन केही समय लाग्ने भएको छ । शुक्रबार देशभर भएको मतदानको पूरा मत परिणामा आउनको लागि शनिबार साँझसम्म लाग्ने अनुमान गरिएको छ । 
 
नयाँ नेतृत्वका लागि बिहान ८ बजेदेखि काठमाडौँसहित देशभरिका जनकपुर, विराटनगर, हेटौँडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकै दिन निर्वाचन भएको थियो । जसमध्ये उपत्यका बाहिर कूल ११ सय ६५ र उपत्यका भित्र ५३ सय मत खसेको थियो । यसरी काठमाडौं बाहिरका बुथहरूमा मतदाता संख्या थोरै रहेकोले छिट्टै मत परिणाम आएपनि काठमाडौंको मत परिणाम आउन ढिला हुने सम्भावना रहेको छ ।
 
उपत्यका बाहिर भने ८ बजेदेखि नै मत गणना सुरू गर्दैछन् भने काठमाडौंमा भने खाना खाएर मात्रै मत गणना सुरू गर्न लागिएको छ । 
 
तीन वर्षका लागि हुन थालेको निर्वाचनमा अध्यक्षका लागि प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूहबाट डा सुमित्रा अमात्य, लोकतान्त्रिक इन्जिनियर्स समूह हरेराम श्रेष्ठ र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह डा जगतकुमार श्रेष्ठ तथा अन्य समूहबाट लक्ष्मीप्रसाद देवकोटा र रवीन्द्र फुर्जु नयाँ नेतृत्वका लागि चुनावी मैदानमा छन् ।
 
अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १० जना सदस्य तथा परिषद्मा पाँच गरी कुल २० जनाको निर्वाचन हुँदैछ। निर्वाचनमा कार्यकारणी समितिमा ७५ र परिषद् सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन् ।
 
विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार एक सय ३५ मतदाता रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ