arrow

इन्जिनियर्स एशोसिएसनमा लोकतन्त्रवादीहरुले लिए अग्रता

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
engineers-association-candidate.jpeg
काठमाडौं। नेपाल इन्जिनियर्स एशोसिएसनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन थालेको छ। काठमाडौं उपत्यकामा ५१८४ र काठमाडौं बाहिरका ९ स्थानमा गरि ११६३ मत खसेको छ। 
 
काठमाडौं उपत्यका बाहिर खसेको मतको करिव ७५ प्रतिशत मत गणना भइसकेको छ। मतगणनाको परिणाम अनुसार लोकतन्त्रवादी समुह करिव डेढ सय मतले अघी रहेको छ। काठमाडौंको प्रज्ञा भवनमा भएको निर्वाचनको मतगणना करिव साँढे दशमा शुरु हुने बताइएको छ। ५ वटा ठाउँमा मतपत्र गन्ने गरि तयारी भइरहेको इन्जिनियर सुदिप शर्मा पौड्यालले जानकारी दिए। शुक्रबार देशभर भएको मतदानको पूरा मत परिणामा आउनको लागि शनिबार साँझसम्म लाग्ने अनुमान गरिएको छ। 
 
वुटवलमा मतगणना सकिदा नेपाल इन्जिनियरिङ परिषदका लागि खडा भएका उम्मेद्वारहरुमा लोकतन्त्रवादीहरुकै अग्रता छ। यसमा इन्जिनियरर श्रीराम न्यौपाने ७६, सरिता मान्नधर जोशी ७३, डा सुरेन्द्र श्रेष्ठ ७९, रोशन कुमार देव ६२, कृष्ण देव झा ७२ ल्याएर अगाडी छन्। 
 
नयाँ नेतृत्वका लागि बिहान ८ बजेदेखि काठमाडौँसहित देशभरिका जनकपुर, विराटनगर, हेटौँडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा शुक्रवार एकै पटक निर्वाचन भएको थियो। यसरी काठमाडौं बाहिरका बुथहरूमा मतदाता संख्या थोरै रहेकोले छिट्टै मत परिणाम आएपनि काठमाडौंको मत परिणाम आउन ढिला हुने सम्भावना रहेको छ।
 
उपत्यका बाहिर भने ८ बजेदेखि नै मत गणना सुरू भएको थियो भने काठमाडौंमा भने खाना खाएर मात्रै मत गणना सुरू गर्न लागिएको इन्जिनिरयर विश्व काफ्लेले बताए। 
 
तीन वर्षको नयाँ नेतृत्वका लागि चुहुन थालेको निर्वाचनमा अध्यक्षका लागि प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूहबाट डा सुमित्रा अमात्य, लोकतान्त्रिक इन्जिनियर्स समूह हरेराम श्रेष्ठ र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह डा जगतकुमार श्रेष्ठ तथा अन्य समूहबाट लक्ष्मीप्रसाद देवकोटा र रवीन्द्र फुर्जु नावी मैदानमा छन्।
 
अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १० जना सदस्य तथा परिषद्मा पाँच गरी कुल २० जनाको निर्वाचन भएको छ। निर्वाचनमा कार्यकारणी समितिमा ७५ र परिषद् सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन्। विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार एक सय ३५ मतदाता रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ