arrow

महिला संघमा देउवा-सिटौला प्यानल अगाडी

logo
प्रकाशित २०७३ असोज १ शनिबार
mahila-sang-news.jpeg
काठमाडौं। नेपाल महिला संघको नेतृत्वका लागि तेस्रो महाधिवेशनमा भएको मतदानको परिणामम आउन थालेको छ। जस अनुसार प्रारम्भिक मतगणना अनुसार सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल अगाडी देखिएको छ। मतगणनास्थलमा रहेकी हाम्राकुरा डटकमकी सहयोगी रुपा पोखरेलका अनुसार कूल १८१४ मत खसेको छ। कुल मतमा अध्यक्षका प्रत्यासी उमा रेग्मीले ९९८ र अर्की प्रत्यासी मिना पाण्डेले ७९६ मत ल्याएकी छन्। 
 
अध्यक्षमा रेग्मी अगाडी रहँदा महासचिवमा सिटौला प्यानलकी धना खतिवडा र कोषाध्यक्ष जानकी सिंह जीतको नजिक रहेकी छन्। थप मत गणना भइरहेको छ। अन्य पदमा पनि मतगणनाको परिणाम एकैपटक आउने पोखरेलले जानकारी दिइन। मतगणना करिव ३ बजेबाट शुरु भएको हो। करिव १ घण्टामा सबै परिणाम आउने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ