arrow

महिला संघमा देउवा-सिटौला प्यानलकी उमा र धनाको प्यानलै बिजयी

logo
प्रकाशित २०७३ असोज १ शनिबार
deuba-sitoula-mahila-candidate.jpeg
काठमाडौं। नेपाल महिला संघको नेतृत्वका लागि तेस्रो महाधिवेशनमा भएको मतदानमा सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल नै बिजयी भएको छ। मतगणनास्थलमा रहेकी हाम्राकुरा डटकमकी सहयोगी रुपा पोखरेलका अनुसार कूल १८१४ मत खसेको छ। कुल ५६ जनाको लागि भएको निर्वाचनमा उमा र धनाको प्यानलनै विजयी भएको छ। प्यानलमा देउवा पक्षको ३३ र सिटौला समुहका २३ जना रहेका थिए। 
 
अध्यक्षमा रेग्मी बिजयी हुँदा महासचिवमा सिटौला प्यानलकी धना खतिवडा र कोषाध्यक्ष जानकी सिंहले जीतेको छन्। अन्य पदमा पनि मतगणनाको परिणाम एकैपटक आएको हो। मतगणना करिव ३ बजेबाट शुरु भएको हो। करिव १ घण्टामा सबै परिणाम आएको हो। 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ