arrow

इन्जिनियर्स एशोसिएसनमा ४ सय मत गन्दा हरेरामको लोकतन्त्रिक प्यानलै अगाडी

logo
प्रकाशित २०७३ असोज १ शनिबार
engineers-association-candidate.jpeg
काठमाडौं। नेपाल इन्जिनियर्स एशोसिएसनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतपरिणाम क्रमश आएको छ। काठमाडौं उपत्यकामा ५१८४ र काठमाडौं बाहिरका ९ स्थानमा गरि ११६३ मत खसेको छ। 
 
काठमाडौं उपत्यका बाहिर खसेको मतको सबै गणना भइसकेको छ। काठमाडौं बाहिर मतदान केन्द्र रहेको पोखरा र बिरगञ्जमा लोकतन्त्रवादी समुह पछाडी परेपनि समग्रमा करिव २ सयदेखि १ सय मतमा प्यानल नै अगाडी रहेको छ। 
 
काठमाडौंको प्रज्ञा भवनमा भएको निर्वाचनको मतगणना करिव साँढे दशमा शुरु भएको हो। काठमाडौंको गनिएको ४ सय मतमा लोकतान्त्रिक समुह नै अगाडी रहेको मतगणनामा रहेका इन्जिनिरयर विश्व काफ्लेले बताए। अध्यक्ष हरेराम श्रेष्ठ १७५ मतका साथ अगाडी रहेका छन्। प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूहबाट डा सुमित्रा अमात्यको १३१ मत रहेको छ। श्रेष्ठको प्यानल नै अगाडी रहेको छ।
 
नयाँ नेतृत्वका लागि बिहान ८ बजेदेखि काठमाडौँसहित देशभरिका जनकपुर, विराटनगर, हेटौँडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा शुक्रवार एकै पटक निर्वाचन भएको थियो। यसरी काठमाडौं बाहिरका बुथहरूमा मतदाता संख्या थोरै रहेकोले छिट्टै मत परिणाम आएपनि काठमाडौंको मत परिणाम आउन ढिला हुने सम्भावना रहेको छ।
 
तीन वर्षको नयाँ नेतृत्वका लागि चुहुन थालेको निर्वाचनमा अध्यक्षका लागि प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूहबाट डा सुमित्रा अमात्य, लोकतान्त्रिक इन्जिनियर्स समूह हरेराम श्रेष्ठ र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह डा जगतकुमार श्रेष्ठ तथा अन्य समूहबाट लक्ष्मीप्रसाद देवकोटा र रवीन्द्र फुर्जु नावी मैदानमा छन्।
 
अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १० जना सदस्य तथा परिषद्मा पाँच गरी कुल २० जनाको निर्वाचन भएको छ। निर्वाचनमा कार्यकारणी समितिमा ७५ र परिषद् सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन्। विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार एक सय ३५ मतदाता रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ