arrow

प्रिमियर लिग: चेल्सीलाई पराजित गर्दै लिभरपुल अंक तालिकाको चौथो स्थानमा

logo
प्रकाशित २०७३ असोज १ शनिबार
Liverpool_PL.jpeg
काठमाडौं। आफ्नो उत्कृष्ठ लयमा फर्कने क्रममा लिभरपुलले चेल्सीलाई हराउँदै अंक तालिकामा स्पष्ट तीन अंक जोडेको छ। यसअघी प्रिमियर लिग बिजेता लेस्टर सिटलाई ४-१ले हराएको लिभरपुलले चेल्सीलाई २-१ गोलले पराजित गरेको छ। 
 
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा लिभरपुलले डिजोन लोभरेन र जोर्डन हेण्डरसनको गोलले स्तब्ध पारेको हो। खेलको १७औं मिनेटमा लोभरेनले गोल गरेका थिए भने ३६औं मिनेटमा हेण्डरसनले अर्को गोल थपेका थिए। हेण्डर्सनले ३० यार्डबाट दर्शनिय गोल गरेका थिए। 
 
खेलको ६१औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए तर थप गोल गर्न नसक्दा खेलबाट लिभरपुलले स्पष्ट तीन अंक प्राप्त गरेको थियो।
 
खेलमा राम्रो पकड बनाएको चेल्सीले केही राम्रा मौकाहरुमा गोल गर्नबाट चुकेको थियो भने लिभरपुलले पनि केही राम्रा मौकाहरु गुमाएको थियो। 
 
५ खेलमा १० अंक जोड्दै लिभरपुल चौथो स्थानमा रहेको छ भने बराबर खेलमा १० हंकका साथ चेल्सी तेस्रो स्थानमा रहेको छ। 
 
Henderson could barely contain himself after doubling Liverpool's lead with a goal of the season contender
 
 
Diego Costa (left) flashes his infamous stare after pulling a goal back for Chelsea in second half of the Premier League tie
 
Chelsea defender David Luiz was left with a bloodied nose after a clash with Sadio Mane on his Premier League return
 
England goalscorer Adam Lallana (right) complains to the referee about the Blues defender's aggressive approach
 
 
 
 
 



नयाँ