arrow

गजेन्द्रनारायण सिंह अस्पतालका आन्दोलित स्वास्थ्यकर्मीद्वारा प्रदर्शन

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
doctor-banner.jpg.jpeg
विराटनगर । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका आन्दोलित स्वास्थ्यकर्मीको समर्थनमा आज मोरङका आठ स्वास्थ्यकर्मीको संस्थाले विराटनगरमा संयुक्त रुपमा प्रदर्शन गरेका छन् । विराटनगरस्थित कोसी अञ्चल अस्पताल चोकबाट स्वास्थ्यकर्मी तथा प्राविधिक निस्केको पदयात्राले दोषी प्रहरीमाथि कारबाहीलगायत प्लेकार्ड बोकेर विराटनगरको ट्राफिक चोक, महेन्द्रचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपसमेत बुझाएका छन् । 
 
प्रधानमन्त्री कार्यालयका लागि बुझाइएको सो ज्ञापनपत्रमा स्वाथ्यकर्मीमाथि प्रहरीको दमनको क्रममा घाइते स्वास्थ्यकर्मीको उपचारको व्यवस्था र दोषी प्रहरीमाथि कारबाहीको माग गरिएको छ । यही मङ्सिर ६ गते राजविराजस्थित सो अस्पतालको परिसरमा प्रहरीले गरेको ज्यादतीका विरुद्ध त्यहाँका स्वास्थ्यकर्मी आन्दोलित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ