arrow

१०७५ मत गन्दा इन्जिनियरमा लोकतान्त्रिक समूह १५० मतले अगाडि (कसको कति ?)

logo
प्रकाशित २०७३ असोज १ शनिबार
acecc-nepal-logo.jpeg
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको जारी मतपरिणामको पछिल्लो प्ररम्भिक मत परिणाममा पनि लोकतान्त्रिक समूहले अग्रता लिएको छ । काठमाडौंमा खसेको झण्डै ५२ सय मतमध्ये यतिबेलासम्म एक हजार ७५ म तगनेर सकिएको छ । जसमा लोकतान्त्रिक समूहले १५० मत भन्दा बढीले अग्रता लिएको लोकतान्त्रिक समूह हन्तर्गत् युवा परिचालन समितिका संयोजक सुदीप शर्मा पौडेलले जानकारी दिए । 
 
पौडेलले दिएको जानकारी अनुसार अध्यक्षको लागि खसेको मतमध्ये १०७४ मत गन्दा लोकतान्त्रिकका हरेराम श्रेष्ठको ४ सय ७५ मत आउँदा उनका निकटतम प्रतिद्वन्दी प्रगतीशीलकी डा. सुमित्रा अमात्यले ३ सय २६ मत प्राप्त गरेका छन् ।
 
त्यस्तै उपाध्यक्षमा लोकतान्त्रिकका उमाशंकर शाहले ४ सय ५५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माघव प्रसाद कोइरालाको ३ सय ४१ मत आएको छ । 
महासचिवमा लोकतान्त्रिकका उमेश प्रसाद थानीको ४ सय ३७ मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका प्रदीप अधिकारीको ३ सय २३ मत आएको छ । 
 
त्यस्तै, उपमहासचिव पदमा लोकतान्त्रिकका रवि भूषण दाहालको ४ सय ८५ मत आउँदा निकटतम प्रतिद्वन्दी प्रगतिशीलका खिमानन्द कँडेलको २ सय ९७ मत आएको छ । 
कोषाध्यक्ष्।मा पनि लोकतान्त्रिकका सुसन बैद्यको ३ सय ८० मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका सञ्जिव रोकायको २ सय ४४ मत आएको छ ।  
 
अन्य सदस्यहरूमा पनि लोकतान्त्रिकका सदस्यहरू भारी मतले अगाडि रहेको पौडेलले जानकारी दिए । उनका अनुसार एउटा सदस्यबाहेक अरू सबैको १ सय ५० भन्दा बढीको मतान्तर रहेको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ