arrow

एन्फाको अध्यक्ष र उपाध्यक्षको लागि चुनावी प्रक्रिया सुरु, केही जिल्लाकाे प्रतिनिधि छनोट बिवादमा

logo
प्रकाशित २०७३ असोज १ शनिबार
anfa.jpeg

काठमाडौ । भ्रष्टचार आरोप लागेर प्रतिबन्धमा परेका तत्कालिन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा र ललितकृष्ण श्रेष्ठको निधन भएर खाली भएको अधयक्ष र उपाध्यक्षको लागि बाँकी कार्यकालको लागि चुनावी प्रकृया सुरु भएको छ ।

यही कात्तिक ८ गते हुने निर्वाचनको लागि अन्तिम नामावली पठाउने समय सिमा भदौ ३१ गते सकिएको छ । केही ठाँउमा बिवादका कारण नामावली पठाउन सकेका छैनन, भने  केही ठाँउमा २।२ जनाको लिष्ट पठाँएको एन्फाका कार्यकारी अधिकृत इन्द्र मान तुलाधरले बताए ।

एन्फाको बिधान अनुसार हाल समिति रहेका ४५ जिल्लाबाट १।१ जना, एडिभिजन क्लवबाट १२ जना, बि डिभिजनबाट ५ जना, सि डिभिजनबाट ३ जना तथा खेलाडि, प्रशिक्षक, रेफ्री,  र महिलाबाट १।१ गरी निर्वाचनमा ६९ जनाले भाग लिन सक्नेछन् । ६९ जना हुनु पर्ने प्रतिनिधिहरुमा केहीमा बिवाद भएका कारण घट्न सक्ने बताइएको छ ।

बिवादका कारण समय सिमा भित्रमा झापाबाट प्रतिनिधि पठाँउन सकेका छैनन । झापा जिल्ला एन्फाका अध्यक्ष जल कुमार गुरुङले सामान्य बिवाद भए पनि प्रतिनिधि छान्ने क्रम सकिएको बताए पनि प्रतिनिधिको नाम दिन भने सकेनन् । पठाउन महासचिवलाई भनिसकेको छु मात्र भने । तुलाधरले पनि आज इमेल नहेरेको कारण झापाबाट आए नआएको जानकारी नभएको बताए ।

त्यसै गरी पर्सा, सर्लाही, र सिन्धुपलान्चोकबाट २।२ वटा लिष्ट आएको एन्फाका कार्यकारी अधिकृत तुलाधरले बताए । उनका अनुसार छानविन गरेर प्रतिनिधिको नामलाई अन्तिम रुप दिएर २ गते प्रकाशित गरिने समेत बताए । साङ्जाबाट पठाइएको नाममा अध्यक्षको हस्ताक्षर नभए पछि सच्याउन पहल भएको समेत तुलाधरले जानकारी दिए ।

अन्तिम नामावली प्रकाशन असोज २ गते तथा उम्मेदवारी दर्ता गर्ने समय असोज ९ गते, उम्मेदवारी फिर्ता लिने समय कार्तिक ५ गते सम्म तोकिएको छ भने कार्तिक ८ गते निर्वाचन हुनेछ ।

हालसम्म अध्यक्षको लागि कर्माछिरिङ शेर्पा तथा नरेन्द्र श्रेष्ठले फर्म लगिसकेका छन भने उपाध्यक्षमा केही प्रतिनिधिहरुले फर्म लगिसकेको तुलाधरले जानकारी दिए ।

शेर्पा भष्ट्रचार आरोपी गणेश थापाको बिरोधमा उत्रिएका ब्यक्ति हुन भने श्रेष्ठ गणेश थापाले सहयोग गर्दे आएका ब्यक्ति हुन् । आफ्ना उम्मेदवारहरुलाई बिजयी बनाउन अध्यक्षका आंकाक्षीहरु जिल्ला जिल्ला दौड गरिरहेका छन् । निर्वाचित समितिको बाँकी कार्यकाल २०७४ साल कार्तिक ६ गते सम्म मात्र रहनेछ ।



नयाँ