arrow

१४७४ मत गन्दा इन्जिनियरमा लोकतान्त्रिक समूह १७९ मतले अगाडि (कसको कति ?)

logo
प्रकाशित २०७३ असोज १ शनिबार
enginear.jpeg
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको जारी मतपरिणामको पछिल्लो प्रारम्भिक मत परिणाममा पनि लोकतान्त्रिक समूहले अग्रता लिएको छ । काठमाडौंमा खसेको झण्डै ५२ सय मतमध्ये यतिबेलासम्म चौध सय ७४ मत गनेर सकिएको छ । जसमा लोकतान्त्रिक समूहले अध्यक्षमा १ सय ७९ ातले अग्रता लिएको लिएको लोकतान्त्रिक समूह अन्तर्गत् युवा परिचालन समितिका संयोजक सुदीप शर्मा पौडेलले जानकारी दिए । 
 
पौडेलले दिएको जानकारी अनुसार अध्यक्षको लागि खसेको मतमध्ये १४७४ मत गन्दा लोकतान्त्रिकका हरेराम श्रेष्ठको ६ सय ५३ मत आउँदा उनका निकटतम प्रतिद्वन्दी प्रगतीशीलकी डा. सुमित्रा अमात्यले ४ सय ७४ मत मात्रै प्राप्त गरेकी छिन् ।
 
त्यस्तै, उपाध्यक्षमा लोकतान्त्रिकका उमाशंकर शाहले ६सय ३५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माधव प्रसाद कोइरालाको ४ सय ७७ मत आएको छ । 
 
महासचिवमा लोकतान्त्रिकका उमेश प्रसाद थानीको ६ सय १६ मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका प्रदीप अधिकारीको ४ सय ५७ मत आएको छ । 
 
त्यस्तै, उपमहासचिव पदमा लोकतान्त्रिकका रवि भूषण दाहालको ६ सय ६३ मत आउँदा निकटतम प्रतिद्वन्दी प्रगतिशीलका खिमानन्द कँडेलको ४ सय २७ मत आएको छ । 
कोषाध्यक्ष्।मा पनि लोकतान्त्रिकका सुसन बैद्यको ५ सय ४५ मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका सञ्जिव रोकायको ३ सय ५० मत आएको छ ।  
 
अन्य सदस्यहरूमा पनि लोकतान्त्रिकका सदस्यहरू भारी मतले अगाडि रहेको पौडेलले जानकारी दिए । उनका अनुसार एउटा सदस्यबाहेक अरू सबैको १ सय ५० भन्दा बढीको मतान्तर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ