arrow

पूर्व माओवादी लडाकु भए तरुण दल गोरखाको अध्यक्ष

logo
प्रकाशित २०७३ असोज १ शनिबार
tarun-dal.jpg.jpeg
गोरखा । नेपाल तरुण दल गोरखाका अध्यक्षमा यमबहादुर थापा विजयी भएका छन् ।  शुक्रबार सदरमुकाममा भएको चौथो अधिवेशनले उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा चित्रप्रसाद भट्ट र कोषाध्यक्षमा प्रेम तामाङलाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए । 
 
यस्तै अधिवेशनले कमलप्रसाद अम्गाईँ, जगत बराम, गौरी तामाङ, शान्ति रिजाल, चेतबहादुर गुरुङ, सरोज परियार र रीता अधिकारीलाई केन्द्रीय पार्षद्का रुपमा चयन गरेको छ । 
 
अध्यक्षमा विजयी भएका थापा माओवादीका पूर्वलडाकु हुन् । उहाँ विसं २०७० मा तत्कालीन नेकपा(माओवादी) परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए । यस्तै तरुण दलको क्षेत्रीय सभापतिमा क्षेत्र नं १ बाट प्रवीण बस्नेत, २ बाट लोकबहादुर लिम्बू र ३ बाट गजे घले सर्वसम्मत रुपमा चयन भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ