प्रचण्ड–ओलीलाई बालेनको प्रश्न – देश व्यापार हो कि खेल ?
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
1.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् ।
उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्नेसमेत बताएका छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए ।
नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ ।